लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।

२०८३ असोज ११ गते बिहान करिब ११ः२० बजे रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा पुगेको टोलीले लालबकैया खोलाको पुल, बाँध तथा कटान र डुबान हुन सक्ने सम्भावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

निरीक्षण टोलीमा नारायण दल गण रौतहटका प्रमुख सेनानी विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हेडक्वार्टर हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी तथा राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकीलगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता थियो।

टोलीमा स्थानीय जनप्रतिनिधिसहित करिब ५० देखि ५५ जनाको सहभागिता रहेको थियो। निरीक्षणका क्रममा लालबकैया खोलाको पुल तथा बाँधको अवस्था, खोलाको बहाव र आसपासका क्षेत्रमा बाढीका कारण हुन सक्ने कटान तथा डुबानको जोखिमबारे स्थलगत जानकारी लिइएको थियो।
वर्षायाममा लालबकैया खोलामा पानीको बहाव बढ्दा आसपासका बस्ती तथा कृषि क्षेत्रमा डुबान र नदी कटानको जोखिम रहने भएकाले सम्भावित जोखिम क्षेत्रको अवस्थाबारे सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिले जानकारी लिएका थिए।

निरीक्षणपछि टोली बिहान ११ः५० बजे उक्त स्थानबाट फर्किएको थियो। निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी सहायक निरीक्षक खिमबहादुर बिडारीको कमान्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

निरीक्षण गरिएको क्षेत्र इलाका प्रहरी कार्यालय राजपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्दछ। स्थानीय तह, प्रशासन तथा सुरक्षा निकायबीच समन्वय गरी बाढी तथा कटानको जोखिम रहेका क्षेत्रमा पूर्वतयारी र सम्भावित क्षति न्यूनीकरणका लागि स्थलगत अनुगमन गरिएको बताइएको छ।

प्रेमचन्द्र झा

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने