स्कार्पियो गाडी दुर्घटना,आठ जना घाइते

सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् ।

आज बिहान ८:३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

 

प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

घाइते हुनेमा बेथानचोक–१ बस्ने वर्ष २८ वर्षीय रोम बहादुर योञ्जन, २१ वर्षीय मिना माया तामाङ, ५६ वर्षीय दुर्गा बहादुर योञ्जन, ४३ वर्षीय धन बहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेक बहादुर थिङ रहेका छन् ।

उक्त जिप चालक जिल्ला काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ बस्ने अन्दाजी २६ वर्षीय नारायण बस्नेत सकुशल रहेकोले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फ्लाइदुबईको जहाज अपहरण भन्ने खबर , बास्तबिकता भने फरक

दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमान दुई पाइलटहरूबिच ‘उग्र’ झडप भएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको स्रोतहरूले सीएनएनलाई बताएका छन्। सीएनएनले विश्लेषण गरेको उडान

आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी

काठमाडौं १४ असोज। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन

वीरगन्ज नाकामा चुनौती पुर्णबन्दै पोके तस्करी

वीरगन्ज ,१४ असोज। मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका

(सीडीओ)सहित आठ कर्मचारीको सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा

जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

काठमान्डौ,१४ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको

मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी

काठमाडौं ,१४ असोज। मंगल ग्रहमा कुनै समय जीवन अनुकूल वातावरण रहेको र सूक्ष्मजीवसँग सम्बन्धित जैविक प्रक्रियाका सम्भावित संकेत भेटिएको नयाँ अध्ययनले देखाएको छ । नासाको