गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो गर्नुभयो ।

बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटका लागि सिंहदरबार पुगेका मदनले सञ्चारकर्मीसँग कुरा गर्दै सम्झौता कार्यान्वयनका लागि आफू पटकपटक सिंहदरबार धाउनुपरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘भाईले प्राण त्याग गरेको तीन महिना भइसक्यो । हाम्रो सम्झौता जुन थियो, त्यो सम्झौता कार्यान्वयन अझै पनि भएको छैन । त्यो चाँडो होस् भनेर म सिंहदरबार धाइरहेको छु ।’

उहाँका अनुसार गणेशको आत्मदाहपछि सरकारले सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्ने र गणेशलाई आत्मदाह गर्न बाध्य बनाउनेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । त्यससँगै गणेशकी श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षा तथा परिवारका सदस्यको स्वास्थ्य उपचारलगायतका मागमा पनि सहमति भएको उहाँले बताउनु भयो ।

‘सबैभन्दा पहिला त सत्य तथ्य छानबीन रिपोर्ट तयार पारेर भाइलाई मर्नसम्म बाध्य बनाउनेलाई कारबाही गर्नेछ भनिएको थियो । बुहारीको रोजगार, छोरीलाई उच्च शिक्षा दिने, परिवारको सदस्यलाई स्वास्थ्य उपचार लगायत माग थियो । तर केही भएको छैन,’ उहाँले भन्नु भयो । सरकारले गरेको सम्झौतामध्ये पोस्टमार्टम गरेर अन्त्येष्टि गर्ने माग मात्र पूरा भएको उहाँको भनाइ छ । ‘एउटा पोस्टमार्टम गरेर अन्त्येष्टि गरिने भनेको माग मात्र पूरा भयो,’ उहाँले भन्नु भयो ।

गणेशको आत्मदाहपछि परिवारका सदस्यहरू मानसिक रूपमा समेत समस्यामा परेको उहाँले बताउनु भयो । उहाँका बुबा घटनापछि राति उठेर हिँड्ने गरेको र बुहारी पनि डिप्रेसनको सिकार बनेको उहाँले बताउनु भयो ।

‘बुबा पनि त्यो घटनापछि मानसिक समस्याबाट गुज्रिनुभएको छ । राति–राति उठेर हिँड्नुहुन्छ । हामी ४–५ भाइ छोरा थियौँ, अहिले म एकजना मात्र बचेँ । त्यही भएर यस्तो समस्या आयो । बुहारी पनि डिप्रेसनमा गएकी छिन्। म एकजना पनि सिंहदरबार धाउँदा–धाउँदा डिप्रेसन होला जस्तो भइसक्यो,’उहाँले भन्नु भयो।

सरकारले सम्झौता कार्यान्वयन नगरे आफूहरूको अवस्था थप गम्भीर बन्ने उहाँको भनाइ छ । उहाँले गरिब तथा विपन्न परिवारसँग पीडाबाट बाहिर निस्कने पर्याप्त विकल्प नभएको भन्दै सरकारसँग आफूहरूको माग तत्काल पूरा गर्न आग्रह गर्नुभयो ।

‘गरिबले मर्ने बाटो रोज्ने विकल्प छैन, हाम्रो भाइले त्यही रोज्यो, हामीले रोज्ने त्यही हो । बुबा, ममी, म, बुहारीसहित सरकारको नाम गरेर मर्नुको विकल्प छैन,’ उहाँले भन्नु भयो । मदनले आफूहरूलाई आश्वासनभन्दा सम्झौता कार्यान्वयन आवश्यक रहेको भन्दै सरकारलाई तत्काल निर्णय गरेर परिवारको माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको