जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी प्रक्रिया र राज्यको भूमिकामाथि प्रश्न उठाएको बताउनुभयो । उहाले भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा सुरक्षा चुनौती देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको घटनाले कानुनी आधारमाथि गम्भीर प्रश्न उठाएको छ। सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ।’

उहाले कसैको विगतको पद, राजनीतिक धारणा वा सार्वजनिक छविका आधारमा संविधानप्रदत्त अधिकार फरक हुन नहुने बताउनुभयो ।‘कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्छ। राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य हुन सक्दैन,’ उहाले भन्नुभयो ।जबरालाई प्रहरीले ‘सुरक्षा थ्रेट’का कारण नियन्त्रणमा लिएको बताएको थियो। उनलाई करिब १२ घण्टापछि परिवारको जिम्मा लगाइएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको