पार्टी नेताको निजी सम्पत्ति होइन, नागरिकको साझा संस्था हो : गगन थापा

काठमाडौं,३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको समाधान दिन सक्ने शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनु भएको छ ।बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम र बडादशैं, तिहार तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेसले बदलिँदो समाजका आवश्यकता र नागरिकका आकाङ्क्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताउनु भएको छ ।

 

उहाँले भन्नु, ‘ नेपाली कांग्रेस पार्टीको प्रारम्भ यहीँबाट हुन्छ । कांग्रेस पार्टी कुनै नेताको होइन, कसैको प्राइभेट कम्पनी होइन । हजारौँ–लाखौँ मानिसहरू पार्टीभित्र आवद्ध छन्, शुभेच्छुक छन्, समर्थक छन्, सबैको साझा सम्पत्ति हो । सार्वजनिक सम्पत्ति हो । सार्वजनिक सम्पत्तिमा सबैको बराबर हक लाग्छ । त्यसकारणले गर्दा पार्टीभित्र पनि यहाँभित्र पनि सबैको समान कुरा हो ।’उहाँले पार्टीको आगामी यात्रामा विचार, सङ्गठन र नेतृत्वलाई मुख्य आधार बनाएर अघि बढ्ने उल्लेख गर्नु भएको छ।सभापति थापाले राजनीतिक दलको वैधता सदस्यहरूको मतबाट मात्र नभई समर्थक, शुभेच्छुक र आम नागरिकको स्वीकार्यताबाट स्थापित हुने बताउनु भएको छ।०८२ को भदौ २३ र २४ का घटनापछिको परिस्थितिमा नेपाली कांग्रेसले जनतामाझ गएर आफ्ना विचार राख्नुपर्ने र नागरिकका कुरा सुन्नुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन आयोजना गरिएको उहाँले स्पष्ट पार्नु भयो ।

 

पार्टीभित्र नेतृत्वको अधिकार र आम सदस्य तथा समर्थकको भूमिकाबारे फरक बुझाइ रहे पनि दललाई व्यापक सार्वजनिक संस्थाका रूपमा बुझ्नुपर्ने उहाँको धारणा थियो ।उहाँले भन्नु भयो, ‘राजनीतिक दल भनेको सदस्यता लिएका व्यक्तिहरूको मात्रै संस्था होइन, यो समर्थक, शुभेच्छुक र आम नागरिकको पनि साझा संस्था हो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिमा नेपाली कांग्रेस जनतामाझ जानुपर्छ, आफ्ना कुरा राख्नुपर्छ र नागरिकका कुरा सुन्नुपर्छ भन्ने मान्यताका साथ हामीले विशेष महाधिवेशन गरेका हौँ ।’

पराजित भएका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइने

सभापति थापाले पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई थप सरल र प्रभावकारी बनाउनुपर्ने बताए । वडादेखि केन्द्रसम्म विभिन्न तहमा हुने निर्वाचन र प्रतिनिधि छनोट प्रक्रियाबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।यसपटकको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि अभ्यासमा रहेको दुई समूहबीचको प्रतिस्पर्धालाई तोड्न सहयोग गरेको उल्लेख गर्दै थापाले आन्तरिक निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा समेटेर अघि बढ्ने बताउनु भयो।निर्वाचनमा विजयी हुनु र पराजित हुनुका आधारमा कसैको योग्यता निर्धारण गर्न नहुने उहाँको भनाइ थियो । पार्टी निर्माणका लागि योग्य र अनुभवी नेताहरूको योगदान आवश्यक हुने भएकाले सबैलाई समेटेर केन्द्रीय समितिलाई प्रभावकारी बनाउने उहाँले बताउनु भयो ।

 

सभापति थापाले बदलिँदो प्रविधि, जनसाङ्ख्यिक परिवर्तन र विश्वव्यापी राजनीतिक परिस्थितिले नयाँ पुस्ताको सोच तथा आकाङ्क्षामा परिवर्तन ल्याएको बताउनु भयो ।एउटै परिवारभित्रका फरक पुस्ताको सोच, भाषा र कल्पनाबीच दूरी बढिरहेको उल्लेख गर्दै उहाँले पुरानो र नयाँ पुस्तालाई एकअर्काको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई थप विभाजित गर्न सक्ने बताउनु भयो ।नेपाली कांग्रेसले विभिन्न पुस्तालाई जोड्ने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसपटक ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएको विषयलाई पार्टीले बदलिँदो समाजका मुद्दालाई सम्बोधन गर्न गरेको प्रयासका रूपमा व्याख्या गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि