झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहत कार्यालयहरूको टोलीले सीमा नाका र चेकपोइन्टहरूमा नियमित गस्ती तथा सवारी जाँच गर्ने क्रममा उक्त पटका बरामद गरेको हो । बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको छ ।
पटका ओसारपसारमा संलग्न एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्वको मौका छोपी सीमा क्षेत्रमा हुन सक्ने चोरीपैठारी, तस्करी तथा अन्य अवैध गतिविधि रोक्न गस्ती, निगरानी र आकस्मिक जाँचलाई थप कडा पारिएको नं २ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टले जानकारी दिनुभयो ।










