काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लोकेशले २९ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समार्फत विराटनगरको ब्याटिङलाई सम्हाल्ने प्रयास गरेका थिए । जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगर पहिले ब्याटिङमा उत्रिएको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता
झापा,१७ कार्तीक । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी









