पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता

झापा,१७ कार्तीक । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी (इएसएमओ) अन्तर्गतको ‘डिजिग्नेटेड सेन्टर्स अफ इन्टिग्रेटेड अन्कोलोजी एन्ड प्यालिएटिभ केयर’ कार्यक्रमअन्तर्गत अस्पतालले सन् २०२७ देखि २०२९ सम्मका लागि उक्त मान्यता प्राप्त गरेको हो ।अस्पतालका सूचना अधिकारी प्रमिश गिरीका अनुसार अस्पतालको अन्कोलोजी तथा प्यालिएटिभ केयर सेवासम्बन्धी स्वमूल्याङ्कन प्रतिवेदन र आवेदनको अध्ययनपछि इएसएमओको डिजिग्नेटेड सेन्टर्स टास्क फोर्सले मान्यता प्रदान गरेको हो ।

 

यस कार्यक्रमले क्यान्सरका बिरामीलाई रोगको उपचारसँगै पीडा न्यूनीकरण, लक्षण व्यवस्थापन, मनोसामाजिक सहयोग र जीवनको गुणस्तर सुधार गर्ने सेवाको एकीकृत व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ । मान्यताका लागि अस्पतालको सेवा प्रवाह, उपचार पद्धति र बिरामीको हेरचाहसम्बन्धी मापदण्ड मूल्याङ्कन गरिने सञ्चालक डा. अञ्जली कार्की प्रसाईले बताँउनु भयो ।पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वी नेपालमा क्यान्सर रोगको परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने प्रमुख स्वास्थ्य संस्थामध्ये एक हो । बिर्तामोड नगरपालिका–५ मा रहेको यस अस्पतालले क्यान्सर रोगको पहिचानदेखि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र उपचारपछिको हेरचाहसम्मका सेवा प्रदान गर्दै आएको छ ।अस्पतालमा मेडिकल अन्कोलोजी, सर्जिकल अन्कोलोजी र रेडिएसन अन्कोलोजीका साथै स्तन, फोक्सो, पाठेघर, टाउको तथा घाँटी र रक्त क्यान्सरलगायत विभिन्न प्रकारका क्यान्सरको उपचार हुँदै आएको छ । त्यसैगरी रोग पहिचानका लागि पेट सिटी, एमआरआई, म्यामोग्राम लगायतका परीक्षण सेवा उपलब्ध छन् ।

 

अस्पतालले सञ्चालनको पाँच वर्षमा अर्थात् सन् २०२५ फेब्रुअरीसम्म छ हजार ४८४ जना क्यान्सरका बिरामीले उपचार सेवा लिएका बताएको छ। सो अवधिमा स्तन क्यान्सरका ८१४ र फोक्सोको क्यान्सरका ८०५ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।क्यान्सर रोगको उपचार लामो समयसम्म चल्ने र खर्चिलो हुने भएकाले अस्पतालले विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत योग्य बिरामीलाई सरकारी व्यवस्थाअनुसार उपचारमा सहुलियतसमेत उपलब्ध गराउँदै आएको छ ।क्यान्सरको उपचारमा रोग नियन्त्रण वा निको पार्ने प्रयाससँगै बिरामीको पीडा कम गर्ने, उपचारका क्रममा देखिने जटिलता व्यवस्थापन गर्ने र मानसिक तथा सामाजिक सहयोग उपलब्ध गराउने कार्यलाई पनि महत्वपूर्ण मानिन्छ । प्यालिएटिभ केयरले बिरामीको जीवनको गुणस्तर सुधार गर्न सहयोग पु¥याउँछ ।

 

अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय मान्यताले पूर्वी नेपालमा क्यान्सर उपचार तथा उपशामक हेरचाह सेवालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको सूचना अधिकारी गिरीले बताँउनु भयो ।पूर्वी नेपालका बिरामीलाई आफ्नै क्षेत्रमा क्यान्सर परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तार गर्दै आएको छ । यद्यपि क्यान्सर रोगको समयमै पहिचान, उपचारमा सर्वसाधारणको पहुँच, उपचार खर्च व्यवस्थापन र नियमित अनुगमन अझै चुनौतीका रूपमा रहेका देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मापदण्ड विपरीत कर्मचारी सरुवा गरिएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार

मौलिक कला–संस्कृतिको संरक्षण र संग्रहालय स्तरोन्नतिको लक्ष्य सहित दमकमा १५ दिने जनजाति महोत्सव सुरु हुँदै

दमक,१७ कार्तीक । झापाको दमकमा मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०८३’ भव्य रूपमा आयोजना

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता

झापा,१७ कार्तीक । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म