विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ । दुई पार्टीबीच आगामी आज औपचारिक एकता घोषणा हुँदैछ । कार्यक्रम दिउँसो १ बजे कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुनेछ । विप्लव नेतृत्वको पार्टीबाट अलग भएपछि भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । उक्त भेलाले १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । त्यसयता छुट्टै राजनीतिक गतिविधि गर्दै आएको भुजेल नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णयमा पुगेको हो । एकतापछि दुवै पार्टीका नेता तथा कार्यकर्ता एउटै राजनीतिक संगठनमा आबद्ध हुनेछन् । कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र राजनीतिक ध्रुवीकरणलाई अघि बढाउने उद्देश्यले एकता हुन लागेको बताइएको छ ।पछिल्लो समय विभिन्न कम्युनिस्ट घटकबीच एकता र सहकार्यका प्रयास भइरहेका बेला भुजेल नेतृत्वको समूह पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेको हो । एकता घोषणासँगै भुजेल नेतृत्वको छुट्टै राजनीतिक संगठन नेपाली कम्युनिस्ट पार्टीमा विलय हुनेछ । गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल ‘गोरखा जेलब्रेकर’ समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकुहरुले सुरुङ खनेर २०५७ चैत १७ गते गोरखा कारागारबाट भागेका थिए ।

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता
झापा,१७ कार्तीक । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी









