बागलुङमा रास्वपा नेताको घरबाट ९ जुवाडे पक्राउ, १ लाख ६४ हजार बरामद

बागलुङ,१८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।बागलुङ बजारमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मार्दा खड्का सहित नौ जना पक्राउ पर्नु भएको छ। उहाँहरूको साथबाट एक लाख ६४ हजार ९२५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको नेतृत्वमा खटिएको टोलीले जुवाखालमा छापा मारेको थियो। पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ५० वर्षीय दुर्गाबहादुर खत्री र ३५ वर्षीय हरि शर्मा हुनुन्छ।

 

त्यस्तै, बागलुङ नगरपालिका–३ का ६६ वर्षीय भीमबहादुर खत्री र ६६ वर्षीय डम्मरबहादुर भण्डारी, वडा नम्बर १ का ५५ वर्षीय राजु गौतम तथा वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली पनि पक्राउ पर्नु भएको छ।पक्राउ परेकामध्ये नेता, वकिल र स्वास्थ्यकर्मीसमेत रहेको जनाइएको छ। उहाँहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।खड्का यसअघि नेपाली कांग्रेसमा आबद्ध हुनुन्थ्यो। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नु भएको उहाँ बागलुङ नगरपालिकाका पार्टी सभापति हुनुन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अयोध्या–जनकपुर रेलको सफल ट्र्याक परीक्षण

जनकपुर,१९ कार्तीक । भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका

धनकुटाको लेगुवा बजारबाट ४७ हजारका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

धनकुटा,१९ कार्तीक । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारबाट करिब ४७ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ।सरोकारवाला निकायको संयुक्त टोलीले

नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेस गरिने

काठमाडौं,१९ कार्तीक । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन(२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ

जनकपुरलाई लुम्बिनीको १५० रनको लक्ष्य

काठमाडौं ,१९ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगतको आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । त्रिवि

डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको माग

काठमाडौँ ,१९ कार्तीक। नेपाल चिकित्सक संघले आमरण अनशनमा रहनु भएको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले

बिरालोको टोकाइबाट रेबिज : खोटाङकी कृष्ण मायाको मृत्यु

कात्तिक ,१९ कार्तीक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ कात्तिक । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान