छठ पर्वको अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

काठमाडौं ,२९ कार्तीक। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ।छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले मौलिक संस्कृतिको संरक्षण तथा संवर्दन गर्दै नेपालीबीच राष्ट्रिय एकता, आपसी सदभाव र सहिष्णुता थप सुदृढ बनाउन यस पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताँउनु भयो ।

 

उहाँले यस पर्वले सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताँउनु भयो। उहाँले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसेर हर्षोल्लासका साथ छठ मनाउने परम्परा रहेको उल्लेख गर्नु भयो ।विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको उहाँले बताँउनु भयो ।

 

दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने यस पर्वले सूर्यदेवको आराधना मार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश दिने उहाँले बताँउनु भयो ।छठ पर्व अवसरमा स्वदेश तथा विदेशमा सबै नेपालीलाई शुभकामना समेत व्यक्त गर्नु भयो । उहाँले छठ पर्वले सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गरोस् भन्दै छठी माता र सूर्य भगवानसँग सबै नेपालीको कल्याणको कामना समेत गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा