छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय पर्वको रूपमा सिमित गराउन खोजिएको भन्दै आपत्ति जनाँउनु भएको छ । साहले वैज्ञानिक महत्व बोकेको यस महान पर्वलाई युनेस्कोको इन्टाजिवल कल्चरल हेरिटेज लिष्टमा समावेश गर्न पहल गर्नुपर्नेमा अहिले नयाँ भनिएकाहरू उल्टै यस पर्वलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित गराउन उद्धत रहेको आरोप लगाँउनु भयो ।

 

चार दिनसम्म मनाईने यस पर्वमा अहिलेको सरकारले जम्मा दुई दिनमात्रै सार्वजनिक बिदा दिएर सञ्जालमा ठूलो काम गर्यौं भनेर ढोल पिटेकोमा पनि साहले आपत्ति जनाँउनु भएको छ। उहाँले चार दिनसम्म मनाउने पर्वमा चारै दिन बिदा दिनुपर्नेमा त्यसा नगरिएकोमा गुनासो पोख्नु भएको छ ।छठ पर्व मधेशमा मात्रै नभएर सिंगो देश र विदेशको कुना कुनासम्म फैलिएको उल्लेख गर्दै साहले अहिले काठमाडौंबाट केही नेताहरुको लावालस्कर मधेश झरेर यसलाई क्षेत्रीय पर्वको रुपमा सिमित गराउन खोजेको आशंका व्यक्त गर्नु भयो। उहाँले छठ पर्वको प्रभावलाई अझै प्रभावशाली बनाउनुको साथै विश्वव्यापी विस्तार गरिनुपर्ने उल्लेख गर्नु भयो ।

 

उहाँले भन्नु भयो ‘यो पर्वलाई संकुचित गरिनु हुँदैन, यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिनुपर्छ ।’सो क्रममा उहाँले सूर्य उपासनाको महापर्व छठ पूजाको पावन अवसरमा सबैमा शुभकामना समेत व्यक्त गर्नु भएको छ ।उहाँले भन्नु भएको छ, ‘लोक आस्थाको यस पवित्र अनुष्ठानमा सूर्यदेव तथा छठी माताको आराधनामा समर्पित सम्पूर्ण व्रतालुहरूप्रति हार्दिक नमन छठी माताको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् । समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनोस् ।यही हार्दिक मङ्गलमय शुभकामना ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा