दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा उहाँ पुनः मुख्य भूमिकामा फर्किनु भएको छ । आगामी मंसिर ४ गते प्रदर्शनमा आउने सिनेमामा सोनमले ‘लाजिम’ पात्रको भूमिका निर्वाह गर्नु भएको छ।सन् २०२५ जुनमा ढोरपाटनमा सिनेमा ‘ऐरी’ को एक्सन दृश्य छायांकन गर्ने क्रममा सोनमको देब्रे खुट्टा भाँचिएको थियो । दुर्घटनापछि हेलिकप्टरमार्फत उद्धार गरी उहाँलाई पोखरा स्थित चरक मेमोरियल अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्न सल्लाह दिएपछि उहाँ ‘जलाकी’ बाट बाहिरिनुपरेको थियो ।

 

सोनम बाहिरिएपछि निर्माण टिमले मुख्य भूमिकाका लागि अभिनेता धीरज मगरलाई अनुबन्ध गरेको थियो । आफूले निकै मन पराएको कथाबाट अलग हुनुपर्दा उनी निराश थिए । तर, सिनेमासँग जोडिएर बस्ने चाहना भने कायम थियो ।महिनौँको फिजियोथेरापीपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि निर्देशक अशोक थापा मगरले उनलाई ‘जलाकी’ मा सहायक भूमिकामा अभिनय गर्ने प्रस्ताव गर्नु भएको छ । सिनेमामा पुनः जोडिन पाउँदा सोनम खुसी हुनु भएको छ । यसैबीच छायांकनको तालिका पनि लम्बिँदै गयो र उहाँको खुट्टा पूर्ण रूपमा निको हुँदै गयो । अन्ततः निर्माण टिम र धीरज मगर बीचको आपसी समझदारीमा सोनम पुनः मुख्य भूमिकामा फर्किनु भयो ।त्यो समय सम्झँदै सोनम भन्नु हुन्छ, ‘सिनेमामा धीरजको आगमनले खुसी त थिएँ तर आफू नभएकोमा स्याड भएर बसिरहेको थिएँ । त्यही बेला अशोक थापा मगरले त्यही सिनेमाको सपोर्टिङ रोलमा खेल्ने अफर गर्नुभयो । त्यसले मलाई झन् खुसी दियो । त्यसमाथि सिनेमाको सुटिङ सेड्युल पनि तन्किँदै गएको रहेछ । मेरो खुट्टा पनि बिस्तारै निको हुँदै गयो । र साइडबाट फेरि लिड रोलमै म जोडिने मौका पाएँ ।’

 

सोनमका लागि ‘जलाकी’ दुर्घटनाबाट फर्किएको अवसर मात्र होइन, नेपाली समाज र संस्कृतिसँग थप नजिकिने माध्यम पनि हो । भारतको मनालीमा जन्मिएका उहाँले बाल्यकालका नौ वर्ष गुम्बामा बिताँउनु भएको थियो। पारिवारिक जिम्मेवारीका कारण १० वर्षको उमेरमा सांसारिक जीवन रोजेका सोनमले संगीतबाट आफ्नो पहिचान बनाउन थाल्नु भयो ।वि.सं. २०७२ सालको भूकम्पपछि ‘स्म्युल’ एपमा विभिन्न गीतका कभर गाएर उहाँ चर्चामा आँउनु भएको थियो । ‘हवायें’, ‘जीना जीना’, ‘दिल दियाँ गलाँ’, ‘फिर भी तुमको चाहुँगा’ र ‘मिले हो तुम’ लगायत हिन्दी गीतका कभरले उहाँलाई श्रोतामाझ चिनायो ।त्यसपछि नेपाली गीत ‘तिमी मेरो भविष्य’ तथा ‘ता सेर्पो’, ‘छोए डाङ्पा’, ‘छाम्गोन ताई सितुपा’ र ‘कुत्से तेन’ जस्ता तिब्बती तथा भुटानी गीतमार्फत उहाँले आफ्नो सांगीतिक यात्रालाई फराकिलो बनाँउनु भयो । संगीतकै क्रममा नेपाली सिनेमा ‘सम्हालिन्छ कहिले मन’ बाट उहाँले अभिनय यात्रा सुरु गर्नु भएको थियो ।

 

उक्त सिनेमाको ‘जरुरी कुरा छ’ गीतमा अभिनेत्री पूजा शर्मासँग देखिएको उहाँको जोडीले चर्चा पाएको थियो । पछिल्लो समय ‘जलाकी’ का ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’, ‘कलेजीको छेउ’ र ‘पहिलो माया’ जस्ता गीतमा उपासना सिंह ठकुरीसँगको उहाँको जोडी पनि दर्शकमाझ चर्चामा छ ।नेपालमै रहेर नेपाली भाषा, कला र संस्कृतिसँग जोडिँदै आएका सोनमलाई अझै पनि कतिपयले बाहिरबाट आएको व्यक्तिका रूपमा हेर्ने गरेकोमा भने चित्त दुख्ने गरेको छ । त्यसैले उहाँ ‘जलाकी’ लाई नेपाली दर्शकमाझ आफ्नो पहिचान स्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनु हुन्छ ।सिनेमाको कथावस्तुबारे सोनम भन्नु हुन्छ, ‘जलाकी मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा जरा गाडेको एक अर्गानिक प्रेमकथा हो । मगर संस्कृतिमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ ‘जलाकी’ जस्तै यो सिनेमाले पनि दर्शकको मनमा गहिरो सम्झना छोड्नेछ ।’

 

आफूलाई अझै धेरै नेपाली दर्शकले नचिनेको बताउँदै उहाँ ‘जलाकी’ को कथा र पात्रले दर्शकको मनसम्म पुग्न मद्दत गर्ने विश्वास व्यक्त गर्छनु हुन्छ ।त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जलाकी’ मा सोनमले अभिनयसँगै पार्श्व गायनमा पनि स्वर दिनु भएको थियो । अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमामा सोनमसँगै उपासना सिंह ठकुरी मुख्य भूमिकामा हुनुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा