अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए ।अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ देशव्यापी उडान रोक्ने निर्णय हटाए पनि त्यसपछि पनि उडान रद्द र ढिलाइको क्रम जारी छ । विमान तथा चालक दलको व्यवस्थापन मिलाउन समय लाग्ने भएकाले सप्ताहन्तसम्म हवाई सेवा प्रभावित हुने देखिएको छ ।

 

उडान ट्र्याकिङ सेवा फ्लाइटअवेयरका अनुसार अहिलेसम्म १५ हजारभन्दा बढी उडान रद्द भइसकेका छन् । आधुनिक अमेरिकी हवाई उड्डयन इतिहासमा देशव्यापी रूपमा उडान रोकिएको यो तेस्रो घटना हो ।न्युयोर्क क्षेत्रका विमानस्थलमा यसको प्रभाव अझ बढी देखिएको छ । लागार्डिया विमानस्थलमा करिब ८० प्रतिशत उडान रद्द भएका छन् भने जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै आधा उडान रोकिएका छन् ।उडान रद्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । लागार्डिया विमानस्थलमा एक यात्रुले उडान हुनुभन्दा एक घण्टाअघि मात्रै आफ्नो उडान रद्द भएको जानकारी पाएको बताएका छन् । बिहान उडान समयमै हुने देखिएपछि विमानस्थल पुगेका उनलाई अन्तिम समयमा उडान रद्द भएको जानकारी दिइएको थियो । एयरलाइन्सले उनको टिकट सोमबारका लागि पुनः व्यवस्थापन गरेको थियो ।

 

अन्य एयरलाइन्समा समेत तत्काल टिकट उपलब्ध नभएपछि ती यात्रुले न्युयोर्कमै थप दुई रात बिताउनुपर्ने अवस्था आएको बताए । एयरलाइन्सले होटल खर्च नबेहोर्ने भएकाले आफैँ बस्ने ठाउँ खोज्नुपरेको उनको भनाइ छ ।यसैबीच, अमेरिकी यातायात मन्त्री सन डफीले देशको हवाई ट्राफिक नियन्त्रण प्रणाली निकै पुरानो भएकाले यस्तो समस्या उत्पन्न भएको बताँउनु भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले हवाई पूर्वाधार आधुनिकीकरणका लागि अमेरिकी संसद्सँग ५० अर्ब अमेरिकी डलरको आपत्कालीन बजेट माग गर्नु भएको छ ।

 

पत्रकार सम्मेलनमा सहभागी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले भने उडान अवरोध साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको स्पष्ट पार्नु भएको छ । यसअघि सन् २०२३ जनवरीमा एफएएको महत्वपूर्ण कम्प्युटर प्रणालीमा खराबी आएपछि अमेरिकामा देशव्यापी उडान रोकिएको थियो ।त्यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि पनि अमेरिकी हवाई सेवा देशव्यापी रूपमा प्रभावित भएको थियो । पछिल्लो घटनाले अमेरिकाको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण आवश्यकतामाथि पुनः बहस सुरु गराएको छ । सीसीटीभी प्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा