झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही ठाउँका २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
प्रहरीका अनुसार हिजो आइतबार साँझ करिब ७.३० बजे भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले उक्त पूजास्थलमा तोडफोड गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ। राति नै पूजास्थल सुरक्षाकर्मीहरुले पुनर्निर्माण गरेका थिए ।










