रास्वपा सांसद गेलालको घोषणा

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग उहाँले खिचेको ‘उत्कृष्ट’ तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई नगद पुरस्कार दिने ।गेलालको सचिवालयको फेसबुक पेजबाट एक सूचनामार्फत यो घोषणा गरिएको हो ।आगामी फागुन १२ गते विशेष फोटो तथा भिडियो प्रतियोगिता आयोजना हुन लागेको सूचनामा उल्लेख छ ।

 

सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, आदरणीय पार्टी सभापति रवि लामिछानेज्यू तथा माननीय पारसमणि गेलाल र माननीय सूर्य लामाज्यू सँगसँगै रहेका उत्कृष्ट र अविस्मरणीय क्षणहरूलाई आफ्नो क्यामेरा वा मोबाइलमा कैद गर्नुभएको छ ? त्यसो हो भने अब आफ्नो प्रतिभा देखाउने र आकर्षक नगद पुरस्कार जित्ने अवसर नगुमाउनुहोस् ।’उत्कृष्ट फोटो तथा भिडियो पठाउने प्रतियोगीमध्येबाट ३ जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गर्ने भनिएको छ । तर पुरस्कार राशि खुलाइएको छैन । पुरस्कार राशिबारे छिट्टै भिडिओ सन्देशमार्फत सार्वजनिक गरिने जनाइएको छ ।

सूचनाअनुसार पुरस्कारका लागि यस्ता शर्तहरु छन् ।

– निर्वाचनका क्रममा खिचिएका उत्कृष्ट फोटो वा भिडियो पठाउने ।
– आफ्नो सामाजिक सञ्जालमा समेत पोस्ट गर्ने ।
– आफ्नो सिर्जनात्मकता र प्रतिभा प्रदर्शन गर्ने ।

सूचनामा लेखिएको छ, ‘अब खिच्ने मात्र होइन, आफ्नो प्रतिभाबाट नगद पुरस्कार जित्ने पनि हो । क्यामेरा र मोबाइलले खिचिएका उत्कृष्ट क्षण कैद गर्नु भएको छ भने विजेता बन्ने तयारी गर्नुहोस् ।’ गेलाल गत आम निर्वाचनमा उदयपुर १ बाट रास्वपा सांसद निर्वाचित हुनु भएको थियो । यस्तै तामाङ उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद हुनुन्छ ।यो पुरस्कार घोषणालाई लिएर सांसदहरुको व्यापकरुपमा ट्रोल हुन थालेको छ । चर्चाका लागि हास्यास्पद स्टन्ट गर्न खोजेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।गेलाल उनै सांसद हुन् जो केही समयअघि ‘मेयरलाई सरुवा गर्नुपर्छ’ भन्ने फोन सम्वादबाट ट्रोल हुनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश

कात्तिकमा ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङ,१ मंसिर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा भक्तजनहरुले दर्शन गर्नु भएको छ । एक महिनाको अवधिमा ६४ हजार १०६