दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा वि.सं. २ हजार चौवन्न साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागू भएको ऐतिहासिक दिनको स्मरणमा वि.सं. २ हजार उन्नसतरी सालदेखि हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउने गरिएको छ। यसै अवसरमा आन्तरिक राजस्व कार्यालय दमक, झापाको आयोजना तथा दमक उद्योग वाणिज्य संघको सहकार्यमा दमक उद्योग वाणिज्य संघको सभाहलमा एक विशेष कार्यक्रम भएको छ। कर सप्ताह कार्यक्रम (मंसिर १ देखि ७ गतेसम्म) को पहिलो दिन आज आयोजित उक्त कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, कर कार्यालयका कर्मचारीहरू तथा विभिन्न क्षेत्रका उद्योग वाणिज्य संघका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा कर प्रणालीको प्रभावकारिता, राजस्व संकलनको अवस्था र व्यवसायीले अपनाउनुपर्ने सावधानीका विषयमा गहन छलफल भएको थियो।

 

आन्तरिक राजस्व कार्यालय दमकले कात्तिकसम्म १३ प्रतिशत राजस्व वृद्धि हासिल गरेको छ । करसम्बन्धी संवेदनशील मुद्दाहरू गोप्य नराखे बैंकको विश्वास गुमेर व्यवसाय धराशायी हुने कर अधिकृत सुर्य बहादुर कुवरले चेतावनी दिनुभएको छ।

डिजिटल युगमा प्यान, भ्याट र क्युआरबाट कारोबारको निगरानी बढिरहेकाले व्यवसायीहरूलाई अत्यन्त चनाखो र पारदर्शी बन्न दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद गुरागाईंले आग्रह गर्नुभएको छ। सानो गल्तीले व्यवसाय धरापमा पर्न सक्ने चेतावनी दिँदै उहाँले पारदर्शी व्यवसाय सञ्चालनमा संघ सधैं व्यवसायीको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कर सप्ताह अन्तर्गत मंसिर ७ गतेसम्म करदाता शिक्षा, सचेतनामूलक कार्यक्रम तथा उत्कृष्ट करदाता सम्मान लगायतका विविध रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिने आयोजक आन्तरिक राजस्व कार्यालय दमकले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश

कात्तिकमा ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङ,१ मंसिर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा भक्तजनहरुले दर्शन गर्नु भएको छ । एक महिनाको अवधिमा ६४ हजार १०६