लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

काठमाडौं ,९ मंसिर। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गर्नु भएको छ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताँउनु भयो । महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उहाँको भनाइ छ ।

 

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस अभियानलाई हिंसामुक्त, विभेदरहित, न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने उहाँले उल्लेख गर्नु भयो । नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले प्रचलित कानुनको प्रभावकारी कार्यान्वयनमार्फत हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइनु भयो।मन्त्री बादीले डिजिटल तथा साइबर हिंसा, बालबालिकामाथिको हिंसा र सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी तथा आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आह्वान गर्नु भयो। कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा पीडकले कानुनी उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उहाँले दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय, संरक्षण तथा सम्मान सुनिश्चित गर्नुपर्ने बताउनु भयो।

 

‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो,’ मन्त्री बादीले भन्नु भयो,’ पीडित न्यायको खोजीमा राज्यका निकायमा पुग्दा उनीहरूप्रति संवेदनशीलता, जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्नुपर्छ ।’ उहाँले पीडितको पीडालाई आफ्नै परिवारको सदस्यले भोग्नुपरेको अवस्थासरह संवेदनशील भएर सहयोग, उद्धार र न्यायका लागि काम गर्न सबैलाई आग्रह गर्नु भयो ।मन्त्री बादीले सरकारी तथा निजी क्षेत्रका कर्मचारी, आमाबुवा, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंस्था तथा सम्पूर्ण नागरिकलाई लैङ्गिक हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन र खुलेर बोल्नसमेत आग्रह गर्नु भयो।हिंसा गर्ने सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै पीडितले न्याय पाउने व्यवस्था सुनिश्चित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले हिंसामुक्त नेपालको निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्न आह्वान गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बंगलादेश फर्किए वा कूटनीतिक नियोग पुगे हसिना पक्राउ पर्ने

काठमाडौं,९ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने हुनु भएको छ । बंगलादेशकी विदेश मामिलासम्बन्धी

लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

काठमाडौं ,९ मंसिर। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने

दमकमा महिलाको बाहुल्यता देखिएको यो र्याली के हो? र किन आयोजना गरियो?

दमक,९ मंसिर । दमक नगरपालिकाबाट बिहान ८ बजे आ(आफ्नो व्यानर तेर्साएर विभिन्न महिलाका समुहहरु अघि बढी रहेका छन ।मुख्य आयोजक दमक नगरपालिका रहेको छ भने

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको