दमक,९ मंसिर । दमक नगरपालिकाबाट बिहान ८ बजे आ(आफ्नो व्यानर तेर्साएर विभिन्न महिलाका समुहहरु अघि बढी रहेका छन ।मुख्य आयोजक दमक नगरपालिका रहेको छ भने अन्यले आ आफ्नो पहिचान झल्कने पोषाक सहितको व्यानर प्रदर्शन गरेका छन ।यतिमात्र नभएर विभिन्न चेतनायुक्त नारा लेखिएका प्लेकार्ड समेत राखेर र्याली नगर परिसर परिक्रमा गर्यो ।प्ले कार्डमा लैङ्गिक हिंषा अन्त्यकालागी विभिन्न ससक्त नरा लेखिएका थिए ।भिडियो , भिडियोको व्यानर, अनि र्यालीमा देखाईएका प्ले कार्डमा लेखिएका नाराबाट पनि स्पस्ट भएको हुन पर्छ यो १६ दिने लैङ्गीक हिंशा विरुद्धको अभियानको सुभारम्भ हो ।
महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धि गर्न हरेक वर्षको नोभेम्बर २५ देखि १६ दिन सम्म यो अभियान सुरु हुन्छ । यसै अन्तरगत दमकमा समेत यो अभियान सुरु गरिएको दमक नगरपालिकाकि सामाजिक विकास समिति अध्यक्ष शारदा भट्टराई सापकोटाले जानकारी दिनुभयो ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । नेपालमा समेत महिला अधिकार सम्बन्धि विभिन्न कानुन बनेका छन । ती कानुनको सहि पालना र कार्यान्वयन हुन सके मात्र पनि नेपालमा लैङिक हिंषा न्यूनीकरण हुन सक्ने दमक नगरपालिकाकि उप प्रमुख रेगिना भट्टराई प्रसाईको जोड छ ।
आजैदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन गरिन्छ । अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ । जात, वर्ग , धर्म , पेशा तथा सबै क्षेत्रमा हुने हरेकखाले हिंसाको अन्त्य हुन जरुरी रहेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको तर्क छ ।
नेपालले पनि महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ । ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नाराका साथ १६ दिने अभियान शुरु भएको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न देशले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएका छन् । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको अभियान शुरु भएको हो । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालेको हो ।
२०७५ साल कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।










