रोगभन्दा भोकको चिन्ता

लकडाउनमा मजदुरको पीडाः ‘रोग त थाह छैन भोक चाहि कसरी मार्नु चिन्ता छ ! ’

 

दमक/
कोरोना भाइरसको संक्रमण फैलिदै जादा लगाइएको निशेषाज्ञाले हरेक क्षेत्र प्रभावित छन् । निषेधाज्ञाले दैनीक ज्याला मजदुरी गर्नेहरुलाई पनि समस्यामा पुर्याएको छ । उनिहरुलाई रोग भन्दा पनि भोकको बढी डर छ । हुने खानेलाई त्यति असर नगरे पनि हुदा खानेहरुलाई भने गम्भीर चिन्तामा पुर्याइदिएको छ ।


दिनभरी कमाएर बेलुका छाक टार्नुपर्ने बाध्यताका मजदुरहरुलाई रोग भन्दा पनि भोकको चिन्ता छ । दैनिक ज्याला मजदुरी गरेरपरिवार पाल्नुपर्नेहरुलाई पटक पटक गरीदै आएको निशेषाज्ञा डरलाग्दो बनेको छ । झापाको दमक ५ मा बस्ने राजु मुखिया २० वर्षदेखी रिक्सा र सिटी सफारी चलाउदै आएका छन् । मोरङको सिघारी घर भएका उनि शहरमा गरीखान सजिलो हुने भन्दै दमक आए । उनि दमकमा पहिले रिक्सा चलाउथे भने रिक्सा विस्थापीत भएपछि सिटी सफारी ऋणमा लिएर चलाउछन् । तर अहिले भएको बन्दा बन्दीले उनलाई किस्ता तिर्न त परको कुरा भरे केखाने भन्ने नै चिन्ता छ । केही समय खुकुलो भएर फेरी सुरु भएको निशेधााज्ञाले उनलाई बिहान बेलुकाको छाक टार्नै मुस्कील बनाइदिएको छ ।

त्यस्तै दमकमै बसेर गाउ गाउ डुलेर सिरक डसना बनाउने गरेका बिरगञ्जका मनोज शाहको पनि समस्या उस्तै छ । उनि ७ जनाको परिवार सहित भाडामा बस्छन् । तर अहिले उनलाई रोग भन्दा पनि भाडा कसरी तिर्ने परिवारका सदस्य कसरी पाल्ने भन्ने नै ठुलो चिन्ताको विषय बनेको छ ।

बिहान बेलुका हात मुख जोड्न समस्या भइरहेका उनिहरुलाई महामारीका बेला परिवारका सदस्य बिरामी भए भने के ले उपचार गर्ने भन्ने अर्को चिन्ता छ । दमक नगपालिकाले भने निषेधाज्ञाको समयमा आर्थीक अवस्था अत्यन्तै न्युन भएका कोही पनि नागरीकको घरमा खानेकुराको अभाव भएमा ब्यवस्था गर्ने योजना बनाएको छ । चुल्हो बाल्ने कठिन भइरहेका नगरभित्रका मानिसलाई प्रक्रियागत ढंगले नगरपालिका या जनप्रतिनिधिसंग सम्पर्कमा आउन समेत नगरपलीकाका मेयर रोमनाथ ओलीले आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा फैलन थाले पछि यसको नियन्त्रण र रोकथामकालागि बैशाख १६ गते देखी निषेधााज्ञा लागु गरिएको थियो । विस्तारै संक्रमण दर घटेसंगै खुकुलो बनाइएको निषेधाज्ञा संक्रमण दर उकालो लाग्न थालेपछि फेरी देशका विभिन्न ठाउमा कडाइ गरीएको छ । झापाको दमकमा पनि संक्रमण दर दैनीक उच्च हुन थाले पछि पछिल्लो समय साउन ११ गते देखी कडाइका साथ निषेधाज्ञा लगाइएको हो । महामारी नियन्त्रण र रोकथामका लागि लागु गरीएको निषेधाज्ञाले हरेक क्षेत्रमा नराम्ररी असर पुगीरहेको छ । देशको अर्थतन्त्र देखी लिएर ज्याला मजदुरी गर्ने सम्म निषेधाज्ञाको मारमा परेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच