दमक/
कोरोना भाइरसको संक्रमण फैलिदै जादा लगाइएको निशेषाज्ञाले हरेक क्षेत्र प्रभावित छन् । निषेधाज्ञाले दैनीक ज्याला मजदुरी गर्नेहरुलाई पनि समस्यामा पुर्याएको छ । उनिहरुलाई रोग भन्दा पनि भोकको बढी डर छ । हुने खानेलाई त्यति असर नगरे पनि हुदा खानेहरुलाई भने गम्भीर चिन्तामा पुर्याइदिएको छ ।
दिनभरी कमाएर बेलुका छाक टार्नुपर्ने बाध्यताका मजदुरहरुलाई रोग भन्दा पनि भोकको चिन्ता छ । दैनिक ज्याला मजदुरी गरेरपरिवार पाल्नुपर्नेहरुलाई पटक पटक गरीदै आएको निशेषाज्ञा डरलाग्दो बनेको छ । झापाको दमक ५ मा बस्ने राजु मुखिया २० वर्षदेखी रिक्सा र सिटी सफारी चलाउदै आएका छन् । मोरङको सिघारी घर भएका उनि शहरमा गरीखान सजिलो हुने भन्दै दमक आए । उनि दमकमा पहिले रिक्सा चलाउथे भने रिक्सा विस्थापीत भएपछि सिटी सफारी ऋणमा लिएर चलाउछन् । तर अहिले भएको बन्दा बन्दीले उनलाई किस्ता तिर्न त परको कुरा भरे केखाने भन्ने नै चिन्ता छ । केही समय खुकुलो भएर फेरी सुरु भएको निशेधााज्ञाले उनलाई बिहान बेलुकाको छाक टार्नै मुस्कील बनाइदिएको छ ।
त्यस्तै दमकमै बसेर गाउ गाउ डुलेर सिरक डसना बनाउने गरेका बिरगञ्जका मनोज शाहको पनि समस्या उस्तै छ । उनि ७ जनाको परिवार सहित भाडामा बस्छन् । तर अहिले उनलाई रोग भन्दा पनि भाडा कसरी तिर्ने परिवारका सदस्य कसरी पाल्ने भन्ने नै ठुलो चिन्ताको विषय बनेको छ ।
बिहान बेलुका हात मुख जोड्न समस्या भइरहेका उनिहरुलाई महामारीका बेला परिवारका सदस्य बिरामी भए भने के ले उपचार गर्ने भन्ने अर्को चिन्ता छ । दमक नगपालिकाले भने निषेधाज्ञाको समयमा आर्थीक अवस्था अत्यन्तै न्युन भएका कोही पनि नागरीकको घरमा खानेकुराको अभाव भएमा ब्यवस्था गर्ने योजना बनाएको छ । चुल्हो बाल्ने कठिन भइरहेका नगरभित्रका मानिसलाई प्रक्रियागत ढंगले नगरपालिका या जनप्रतिनिधिसंग सम्पर्कमा आउन समेत नगरपलीकाका मेयर रोमनाथ ओलीले आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर नेपालमा फैलन थाले पछि यसको नियन्त्रण र रोकथामकालागि बैशाख १६ गते देखी निषेधााज्ञा लागु गरिएको थियो । विस्तारै संक्रमण दर घटेसंगै खुकुलो बनाइएको निषेधाज्ञा संक्रमण दर उकालो लाग्न थालेपछि फेरी देशका विभिन्न ठाउमा कडाइ गरीएको छ । झापाको दमकमा पनि संक्रमण दर दैनीक उच्च हुन थाले पछि पछिल्लो समय साउन ११ गते देखी कडाइका साथ निषेधाज्ञा लगाइएको हो । महामारी नियन्त्रण र रोकथामका लागि लागु गरीएको निषेधाज्ञाले हरेक क्षेत्रमा नराम्ररी असर पुगीरहेको छ । देशको अर्थतन्त्र देखी लिएर ज्याला मजदुरी गर्ने सम्म निषेधाज्ञाको मारमा परेका छन् ।