"दल विभाजन असर"

प्रदेश १ मा मुख्यमन्त्री फेरिदै- बहुमत जुटाउन सक्लान त आचार्यले ?

 

दमक/
प्रदेश १ मा बिहिबार मुख्यमन्त्री परिवर्तन हुने श्रोतले जनाएको छ । अवको मुख्यमन्त्रीमा एमाले नेता तथा प्रदेशसभा सदस्य भिम आचार्य मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सुनसरीको क्षेत्र नं ४ बाट प्रदेशसभामा निर्वाचती आचार्य प्रदेश सभाको बैठकमा भने सबैभन्दा कम मात्रै उपस्थित हुने सांसदमा पर्नु हुन्छ । तत्कालीन नेकपाको संसदीय दलको नेताको निर्वाचनमा उहाँले शेरधन राईसँग २ मतले हार्नु भएको थियो । राईले २६ मत र आचार्यले २४ मत ल्याउनु भएको थियो भने १ मत रद्ध भएको थियो ।

आचार्य लामो समयदेखी पार्टिका तत्कालीन बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका विस्वालिा र प्रभावशाली नेताका रुपमा चिनिनुहुन्थ्यो । तर नेपालले जननिर्वाचित सरकार परिवर्तन गर्न संसदमा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवालाई मतदान गरेपछि भने त्यो समुह छोडेर सस्थापन पक्षमा लाग्नु भएको हो । मुख्यमन्त्री बनाउने सहमतिमै आचार्यलाई प्रदेश सभा सदस्यको उम्मेद्धारी बनाइएको थियो ।

पछि पार्टिभित्र संसदिय दलको नेता चयन गर्ने बेलामा भने शेरधन राइले २ मतले जितेपछि उहाँ प्रदेशसभाबाटै वितृष्णा हुनु भएको थियो ।
पछिल्लो समय सस्थापन पक्षले मुख्यमन्त्री बनाउने आन्तरिक सहमती गरेपछि आचार्यले नेपाल पक्षको साथ छोडेको पनि श्रोतको दावि छ । यसैक्रममा बुधबार पार्टि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलले आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति जाटायो । तर अहिले उहाँलाई मुख्यमन्त्री बन्न जति सजिलो छ ।

यसलाई पूणर् कार्याकालमा सम्म सञ्चालन गर्न उत्तीकै चुनौती पनि छ । किनकी पार्टि विभाजन भएपछि एमालेका १८ जना सांसद नेपालले गठन गरेको नयाँ पार्टिमा गएको दावि छ । यसले गर्दा प्रदेशसभामा एमालेको बहुमत गुमेको छ । श्रोतका अनुसार नेपाल पक्षमा गएका प्रदेशसभा सदस्यहरुलाई फिर्ता बोलाएर भएपनि संसदमा आफुले विस्वासको मत लिने बचन गरेपछि पार्टि अध्यक्ष ओलीले आचार्यलाई मुख्यमन्त्री बनाउन राजी हुनु भएको हो ।

९३ सदस्यीय प्रदेश-१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् । ४७ सदस्यले मुख्यमन्त्री बन्नका लागि संख्या चाहिन्छ । यसमा यदि १८ सांसदले साथ दिएनन् भने बहुमत नआउने पक्का छ । तर १८ जनानै माननियहरु अर्को दलमा गएको आधिकारिकता भने छैन । अहिलेसम्म भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाँचथरका गणेशकुमार कम्बाङ मात्रै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजबादीमा गएका छन् । यसले गर्दा पनि अन्यलाई अर्को दलमा जान रोकेर आफुले विस्वासको मत लिन सक्ने आचार्यको दावि छ ।

Share: