दल विभाजन असर

प्रदेश १ मा मुख्यमन्त्री फेरिदै- बहुमत जुटाउन सक्लान त आचार्यले ?

 

दमक/
प्रदेश १ मा बिहिबार मुख्यमन्त्री परिवर्तन हुने श्रोतले जनाएको छ । अवको मुख्यमन्त्रीमा एमाले नेता तथा प्रदेशसभा सदस्य भिम आचार्य मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सुनसरीको क्षेत्र नं ४ बाट प्रदेशसभामा निर्वाचती आचार्य प्रदेश सभाको बैठकमा भने सबैभन्दा कम मात्रै उपस्थित हुने सांसदमा पर्नु हुन्छ । तत्कालीन नेकपाको संसदीय दलको नेताको निर्वाचनमा उहाँले शेरधन राईसँग २ मतले हार्नु भएको थियो । राईले २६ मत र आचार्यले २४ मत ल्याउनु भएको थियो भने १ मत रद्ध भएको थियो ।

आचार्य लामो समयदेखी पार्टिका तत्कालीन बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका विस्वालिा र प्रभावशाली नेताका रुपमा चिनिनुहुन्थ्यो । तर नेपालले जननिर्वाचित सरकार परिवर्तन गर्न संसदमा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवालाई मतदान गरेपछि भने त्यो समुह छोडेर सस्थापन पक्षमा लाग्नु भएको हो । मुख्यमन्त्री बनाउने सहमतिमै आचार्यलाई प्रदेश सभा सदस्यको उम्मेद्धारी बनाइएको थियो ।

पछि पार्टिभित्र संसदिय दलको नेता चयन गर्ने बेलामा भने शेरधन राइले २ मतले जितेपछि उहाँ प्रदेशसभाबाटै वितृष्णा हुनु भएको थियो ।
पछिल्लो समय सस्थापन पक्षले मुख्यमन्त्री बनाउने आन्तरिक सहमती गरेपछि आचार्यले नेपाल पक्षको साथ छोडेको पनि श्रोतको दावि छ । यसैक्रममा बुधबार पार्टि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलले आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति जाटायो । तर अहिले उहाँलाई मुख्यमन्त्री बन्न जति सजिलो छ ।

यसलाई पूणर् कार्याकालमा सम्म सञ्चालन गर्न उत्तीकै चुनौती पनि छ । किनकी पार्टि विभाजन भएपछि एमालेका १८ जना सांसद नेपालले गठन गरेको नयाँ पार्टिमा गएको दावि छ । यसले गर्दा प्रदेशसभामा एमालेको बहुमत गुमेको छ । श्रोतका अनुसार नेपाल पक्षमा गएका प्रदेशसभा सदस्यहरुलाई फिर्ता बोलाएर भएपनि संसदमा आफुले विस्वासको मत लिने बचन गरेपछि पार्टि अध्यक्ष ओलीले आचार्यलाई मुख्यमन्त्री बनाउन राजी हुनु भएको हो ।

९३ सदस्यीय प्रदेश-१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् । ४७ सदस्यले मुख्यमन्त्री बन्नका लागि संख्या चाहिन्छ । यसमा यदि १८ सांसदले साथ दिएनन् भने बहुमत नआउने पक्का छ । तर १८ जनानै माननियहरु अर्को दलमा गएको आधिकारिकता भने छैन । अहिलेसम्म भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाँचथरका गणेशकुमार कम्बाङ मात्रै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजबादीमा गएका छन् । यसले गर्दा पनि अन्यलाई अर्को दलमा जान रोकेर आफुले विस्वासको मत लिन सक्ने आचार्यको दावि छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले