नामको चर्चा

शेरधन राईले साढे ३ वर्षमा नाम राख्न नसकेको काम आचार्यले ३ दिन भित्रैमा गर्ने संकेत

 

दमक/
प्रदेश १ मा सत्ता परिवर्तन भएको छ । मुख्यमन्त्री मात्र होईन अन्य मन्त्रालयमा सुरु देखीनै मन्त्री बनेकाहरुपनि फेरिएका छन् । एमाले विभाजनको असर प्रदेश १ मा नपरोस , एमालेकै नेतृत्वमा सरकार बनिरहोस भन्नका लागि सरकारको नेतृत्व र मन्त्री परिषद पनि फेरिएको भनेर एमालेका नेताहरुले बताएका छन् ।

बिहिबार मुख्यमन्त्री बन्दै गर्दा नवनियूक्त मुख्यमन्त्री भीम आचार्यले तत्कालै मन्त्री परिषद विस्तार गरेर प्रदेशको नामाकरण पनि टुंग्याउने संकेत गर्नु भएको थियो ।

यस अघिका मुख्यमन्त्री शेरधन राईले बिना विवाद सर्वपक्षीय र सर्वमान्य नाम राख्न आफुले प्रयास गरेको तर सहमती जुट्न नसकेका कारण नाम दिन नसकेको आफैलाई दुःख लागेको भनेर प्रतिकृया पनि दिनु भएको थियो ।

राईले साढे ३ वर्ष सम्ममा नसकेको काम आचार्यले ३ दिन भीत्रै गर्ने गरिको संकेत गर्नु भएको थियो । यसका लागि आफ्नो दलभित्र सहमति भइसकेको उहाँको दावि छ । केहि दिनभित्रै दल र सरकरको तर्फबाट नाम सार्वजनिक हुने उहाँले आस्वासन दिनु भएको छ । र संसद सञ्चालन भएपछि आफुले विस्वासको मत पाउने वित्तीकै नामको विषय पनि टुंग्याउने उहाँले बताउनु भएको छ ।

संसदमा आफुलाई विस्वासको मत दिने सांसदहरुकै समर्थनमा प्रदेशको पनि नाम आउने उहाँले विस्वास व्यक्त गर्नु भएको छ । उसो भए प्रदेशको नाम के राख्ने त भन्नेबारेमा उहाँले अहिले खुलाउनु भएको छैन ।

२ जना नयाँ मन्त्री बने
बिहिबार मन्त्री परिषद विस्तार गर्न निकै सकसमा पर्नु भएका मुख्यमन्त्री आचार्यले अन्तःत २ जनालाई सरकारको सहयात्रीमा लिनु भएको छ ।
सामाजिक विकास मन्त्रीका रुपमा ताप्लेजुङका बलबहादुर सांसुहाङ र उद्योग पर्यटन तथा वातावरण मन्त्रीका रुपमा तेह्रथुमका लछुमन तिवारीलाई पहिलो पटक आफ्नो सरकारको सारथीका रुपमा चयन गर्नु भएको छ । उहाँहरुको शुक्रबार नै प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण पनि भएको छ ।

अहिले प्रदेश १ को सरकारमा रहेका मुख्यमन्त्री र २ जनानै मन्त्रीहरु यसअघि माधव कुमार नेपालको पक्षमा उभीनुभएको थियो । तर नेपालले संसदमा नेपाली कांग्रेसलाई मत हालेर आफ्नै पार्टिको सरकार ढालेपछि भने उहाँहरु मुल पार्टिमा बस्नु भएको हो ।

पार्टिको यहि विभाजनलाई रोक्न पनि प्रदेश १ मा सरकार फेरबदल गरिएको एमाले श्रोतको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,