दमकमै सेल्फि रोड

दमकमा सेल्फि रोड बनाउन अभियान सुरु, २५ बढि सघंसस्थाहरुको ऐकवद्धता

 

दमक/
दमक स्थित रतुवा खोलाको पश्चिम पट्टिको किनार । शुक्रबार बिहान दमकमा सकृय रुपमा रहेका २५ भन्दा बढि सघं सस्थाहरुका प्रतिनिधिहरुको भेला थियो । सबैको हातमा एउटा ग्लोब्स लगाइएको । केहिको हातमा खाली बोरा बोकेको । प्रायजसो औपचारिक भन्दा सामान्य पोषाकमा उभिएका । हातमा कसैले फरुवा पनि बोकेका थिए । अनि कसैले खुकुरी र दाउ ।

यो समुह दमक मा सेल्फि रोड बनाउन जुटेको छ । दमकमा बाहिरबाट कोहि आएमा कहिल पनि लगेर घुमाउने ठाउँनै छैन । सम्भावना भएका ठाउँमा पनि आवश्यक संरचना बनाउन नसक्दा यस्तो अभाव भएको हो । घुम्ने ठाउँ बनाउन सके त्यो नगर वा ठाउँको पहिचान पनि बढ्छ । यतीमात्र होईन यसले यहाँ आन्तरिक रोजगार बढाउँछ । व्यवसायको विस्तार हुन्छ । केहि भएपनि आर्थीक गतिविधि बढाउँछ । अनी अर्को कुरा आफ्नो ठाउँको सौन्दर्यकरण हुन्छ । सौन्दर्यकरण हुँदा त्यसको आकर्षण र वातावरण र मानव स्वास्थ्यमा पुर्याउने योगदान त अझ कति हुन्छ ।
त्यसैले पनी यस प्रकारको योजनाका साथ दमकमा अभियान सुरुवात गरिएको दमक उद्योग वाणिज्य सघंका प्रथम उपाध्यक्ष तथा रतुवा तटबन्धन क्षेत्र सौन्दयकरण अयिानका संयोजक राजु खड्काले बताउनु भयो । यसले दमकमा बिहानै उठेर शारिरिक व्यवायम गर्ने, दौडन र हिड्न चाँहनेलाई मद्यत पुर्याउने उहाँले बताउनु भयो ।

अभियान सुभारम्भ हुनु अघि आयोजीत संक्षीप्त औपचारिक कार्यक्रममा बोल्दै यस अभियानका अभियान्ता समेत रहनु भएका नेकपा माओवादि केन्द्रका स्थानीय नेता गगन पुरीले दमकका नदिहरुलाई सौन्दरर्यकरण गरि पर्यटन प्रवबर्धन गर्न सकिने औँलाउनु भयो । रतुवाका किनारमा बृहत बृक्षारोपण गरेर हिड्ने बाँटोमा लकिङ इटा सहितको पैदल मार्ग बनाउने, ठाउँ ठाउँमा फलैँचा निर्माण गरिने र बिचमा एउटा व्यायाम स्थल बनाउने हो भने यो क्षेत्रमा बिहानै देखी बेलुका सम्म पनि मानीसहरुको आवागमन हुन सक्ने उहाँले औलानु भयो । बिहान पैदल हिडडुल गर्न , सामान्य दौडीन , र व्यवायम गर्न रुचाउनेहरु यहाँ आउने, दिउँसो यहाँको आकर्षणसँग रमाउन टिकटिक बनाउने जमात आउने र साँझ पनि यस ठाउँमा हिड्न रुचाउनेहरु आउने हुनाले यस ठाउँको आकर्षण बढ्ने उहाँको भनाई छ । यती मात्र होईन दमक भित्र रहेका दिपिनी, बेतनी तथा राते होलीलाई सौन्दर्यकरण गर्न सकेमा त्यहाँ सानाखालको बोर्डिङ ( नाउ) समेत सञ्चालन गर्न सकिने उहाँले सपना देखाउनु भयो ।


दमकमा यी योजना सम्पन्न भएमा यहाँको वातावरण संरक्षणमा मद्यत पुग्ने दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा नगरपालिकाको वातावरण समिती संयोजक टेक बहादुर थापाले बताउनु भयो । दमक सुन्दर छ । सुन्दर दमकमालाई अझ सौन्दर्यकरण गराउन सकेमा दमक हरियाली बन्ने उहाँको भनाई छ । यसकालागि नगरपालिकाले हरेक घर निर्माण गर्दा र सडक निर्माण गरिदा अनिवार्य रुख विरुवा रोप्ने निती लिएको पनि उहाँले सुनाउनु भयो । दमकमा यो अभियान सफल भएमा अन्य पालिकाहरुले अनुसरण गर्न सक्ने उहाँको भनाई छ ।

दमकमा रहेका आम नागरिक , सघं -सस्थाका पदाधिकारी एवं सदस्यहरुले दमक सौन्दर्य बनाउने अभियानमा एक जुट भएको देख्दा आफु दंग परेको भन्दै थापाले यसले पनि हरित नगर समृद्ध नगर बनाउन नागरिक स्तरबाटै लागी परिएको भन्ने सन्देश दिएको उहाँले बतउनु भयो ।
दमक ८ स्थित रुतुवा किनारको तटबन्धमा निर्माण हुन लागेको सेल्फि रोडकालागि केहि चुनौती पनि छन् ।

यस अघि यहाँ ग्रीन बेल्ड बनाउन भनेर नगरपालिका र वडाले केहि लगानी पनि गरेको थियो । करिव १८ लाख रुपैँयाको लगानी भयो । केहि भौतीक संरचना सहित बृहत बृक्षारोपण पनि गरिएको थियो । तर केहि बाहेक अहिले ती संरचन कहाँ छन् भन्ने पत्तो नै छैन । त्यसैले बनाइएका संरचना र रोपीएका बिरुवाको यहाँ उचीत संरचक्षण हुन सकेको छैन । यो मुख्य चुनौतीका रुपमा रहेको छ ।

यसै वडाका वडाअध्यक्ष पशुतिराज गौतमले यहाँका स्थानीबासी , टोल बिकास सस्था सकृह हुने हो भने मात्रै यी सबैकुराको संरक्षण र सम्मर्धन हुने बताउनु भयो । साथै नदि किनारमा बसेको बस्ति पनि यहाँको चुनौतीका रुपमा देखिएको छ ।

तटबन्ध नर्माणको पूर्व पट्टिका सबै घर, टहरा तथा अन्य संरचना एक महिना भित्रमा हटाउनु वडाध्यक्ष गौतमले निर्देशन पनि गर्नु भएको छ । यदी चुनौतीहरुबाट पार पाएमात्रै र यसका समाधानका उपाय निस्किएमा मात्रै दमकका २५ भन्दा बढि सघं सस्थाहरुको सपना पुरा हुने थीयो । यस्ताव वाधा र अवरोधलाई दमक नगरपालिकाले हटाउने हिम्मत गर्न आवश्यक छ ।

शुक्रबार यसैबारेमा सचेतना तथा सरसफाई अभियानमा दमकमा २२ वटा लायन्स क्लवहरुका प पदाधिकारी तथा प्रतिनिधी, दमक उद्योग वाणिज्य सघं, रोटरी क्लव लगायतका सघं सस्थाका सदस्य तथा पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन, उर्जामन्त्री श्रेष्ठ

काठमाडौं,७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त