दमकमै सेल्फि रोड

दमकमा सेल्फि रोड बनाउन अभियान सुरु, २५ बढि सघंसस्थाहरुको ऐकवद्धता

2C4A5318

 

दमक/
दमक स्थित रतुवा खोलाको पश्चिम पट्टिको किनार । शुक्रबार बिहान दमकमा सकृय रुपमा रहेका २५ भन्दा बढि सघं सस्थाहरुका प्रतिनिधिहरुको भेला थियो । सबैको हातमा एउटा ग्लोब्स लगाइएको । केहिको हातमा खाली बोरा बोकेको । प्रायजसो औपचारिक भन्दा सामान्य पोषाकमा उभिएका । हातमा कसैले फरुवा पनि बोकेका थिए । अनि कसैले खुकुरी र दाउ ।

यो समुह दमक मा सेल्फि रोड बनाउन जुटेको छ । दमकमा बाहिरबाट कोहि आएमा कहिल पनि लगेर घुमाउने ठाउँनै छैन । सम्भावना भएका ठाउँमा पनि आवश्यक संरचना बनाउन नसक्दा यस्तो अभाव भएको हो । घुम्ने ठाउँ बनाउन सके त्यो नगर वा ठाउँको पहिचान पनि बढ्छ । यतीमात्र होईन यसले यहाँ आन्तरिक रोजगार बढाउँछ । व्यवसायको विस्तार हुन्छ । केहि भएपनि आर्थीक गतिविधि बढाउँछ । अनी अर्को कुरा आफ्नो ठाउँको सौन्दर्यकरण हुन्छ । सौन्दर्यकरण हुँदा त्यसको आकर्षण र वातावरण र मानव स्वास्थ्यमा पुर्याउने योगदान त अझ कति हुन्छ ।
त्यसैले पनी यस प्रकारको योजनाका साथ दमकमा अभियान सुरुवात गरिएको दमक उद्योग वाणिज्य सघंका प्रथम उपाध्यक्ष तथा रतुवा तटबन्धन क्षेत्र सौन्दयकरण अयिानका संयोजक राजु खड्काले बताउनु भयो । यसले दमकमा बिहानै उठेर शारिरिक व्यवायम गर्ने, दौडन र हिड्न चाँहनेलाई मद्यत पुर्याउने उहाँले बताउनु भयो ।

अभियान सुभारम्भ हुनु अघि आयोजीत संक्षीप्त औपचारिक कार्यक्रममा बोल्दै यस अभियानका अभियान्ता समेत रहनु भएका नेकपा माओवादि केन्द्रका स्थानीय नेता गगन पुरीले दमकका नदिहरुलाई सौन्दरर्यकरण गरि पर्यटन प्रवबर्धन गर्न सकिने औँलाउनु भयो । रतुवाका किनारमा बृहत बृक्षारोपण गरेर हिड्ने बाँटोमा लकिङ इटा सहितको पैदल मार्ग बनाउने, ठाउँ ठाउँमा फलैँचा निर्माण गरिने र बिचमा एउटा व्यायाम स्थल बनाउने हो भने यो क्षेत्रमा बिहानै देखी बेलुका सम्म पनि मानीसहरुको आवागमन हुन सक्ने उहाँले औलानु भयो । बिहान पैदल हिडडुल गर्न , सामान्य दौडीन , र व्यवायम गर्न रुचाउनेहरु यहाँ आउने, दिउँसो यहाँको आकर्षणसँग रमाउन टिकटिक बनाउने जमात आउने र साँझ पनि यस ठाउँमा हिड्न रुचाउनेहरु आउने हुनाले यस ठाउँको आकर्षण बढ्ने उहाँको भनाई छ । यती मात्र होईन दमक भित्र रहेका दिपिनी, बेतनी तथा राते होलीलाई सौन्दर्यकरण गर्न सकेमा त्यहाँ सानाखालको बोर्डिङ ( नाउ) समेत सञ्चालन गर्न सकिने उहाँले सपना देखाउनु भयो ।


दमकमा यी योजना सम्पन्न भएमा यहाँको वातावरण संरक्षणमा मद्यत पुग्ने दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा नगरपालिकाको वातावरण समिती संयोजक टेक बहादुर थापाले बताउनु भयो । दमक सुन्दर छ । सुन्दर दमकमालाई अझ सौन्दर्यकरण गराउन सकेमा दमक हरियाली बन्ने उहाँको भनाई छ । यसकालागि नगरपालिकाले हरेक घर निर्माण गर्दा र सडक निर्माण गरिदा अनिवार्य रुख विरुवा रोप्ने निती लिएको पनि उहाँले सुनाउनु भयो । दमकमा यो अभियान सफल भएमा अन्य पालिकाहरुले अनुसरण गर्न सक्ने उहाँको भनाई छ ।

दमकमा रहेका आम नागरिक , सघं -सस्थाका पदाधिकारी एवं सदस्यहरुले दमक सौन्दर्य बनाउने अभियानमा एक जुट भएको देख्दा आफु दंग परेको भन्दै थापाले यसले पनि हरित नगर समृद्ध नगर बनाउन नागरिक स्तरबाटै लागी परिएको भन्ने सन्देश दिएको उहाँले बतउनु भयो ।
दमक ८ स्थित रुतुवा किनारको तटबन्धमा निर्माण हुन लागेको सेल्फि रोडकालागि केहि चुनौती पनि छन् ।

यस अघि यहाँ ग्रीन बेल्ड बनाउन भनेर नगरपालिका र वडाले केहि लगानी पनि गरेको थियो । करिव १८ लाख रुपैँयाको लगानी भयो । केहि भौतीक संरचना सहित बृहत बृक्षारोपण पनि गरिएको थियो । तर केहि बाहेक अहिले ती संरचन कहाँ छन् भन्ने पत्तो नै छैन । त्यसैले बनाइएका संरचना र रोपीएका बिरुवाको यहाँ उचीत संरचक्षण हुन सकेको छैन । यो मुख्य चुनौतीका रुपमा रहेको छ ।

यसै वडाका वडाअध्यक्ष पशुतिराज गौतमले यहाँका स्थानीबासी , टोल बिकास सस्था सकृह हुने हो भने मात्रै यी सबैकुराको संरक्षण र सम्मर्धन हुने बताउनु भयो । साथै नदि किनारमा बसेको बस्ति पनि यहाँको चुनौतीका रुपमा देखिएको छ ।

तटबन्ध नर्माणको पूर्व पट्टिका सबै घर, टहरा तथा अन्य संरचना एक महिना भित्रमा हटाउनु वडाध्यक्ष गौतमले निर्देशन पनि गर्नु भएको छ । यदी चुनौतीहरुबाट पार पाएमात्रै र यसका समाधानका उपाय निस्किएमा मात्रै दमकका २५ भन्दा बढि सघं सस्थाहरुको सपना पुरा हुने थीयो । यस्ताव वाधा र अवरोधलाई दमक नगरपालिकाले हटाउने हिम्मत गर्न आवश्यक छ ।

शुक्रबार यसैबारेमा सचेतना तथा सरसफाई अभियानमा दमकमा २२ वटा लायन्स क्लवहरुका प पदाधिकारी तथा प्रतिनिधी, दमक उद्योग वाणिज्य सघं, रोटरी क्लव लगायतका सघं सस्थाका सदस्य तथा पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।