डाँफे सहकारीको १४ औ वार्षिक साधारण सभा सम्पन्न

दमक/
डाफे बचत तथा ऋण हसकारी संस्थाको १४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आईतबार सस्थाले औपचारिक कार्यक्रमको आयेजना गरेर प्रतिवेदन सार्वजनिक गर्दै साधारणसभा सम्पन्न गरेको हो । सस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा आर्थीक वर्ष २०७७/७८ मा शेयर पुजी, ऋण प्रवाह, बचत तथा कोषको रकम बढाउन सफल भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६ लाख १४ हजार रुपैँयाको शेयर पुजी ३३ दशमलव ५९ प्रतिशत बृद्धि गरेर ५ करोड ४२ लाख ५५ हजार १ सय पुर्याएको छ । यस्तै कोषको रकम पनि ३९ दशमलव ७४ प्रतिशत बृद्धि भएको छ । आर्थीक वर्ष २०७६/७७ मा ३ करोड ९२ लाख ३ हजार २ सय ३३ रुपैँयाको कोष बढेर आर्थीक वर्ष २०७७/७८ मा ५ करोड ४७ लाख ८१ हजार १ सय ३३ पुर्याएको छ ।


साथै लगानी पनि बृद्धि गरेको छ । ३१ प्रतिशत बृद्धि गरेर लगानी बढाएको हो । आर्थीक वर्ष २०७६/७७ मा ३४ करोड ३६ लाख २ हजार २ सय ७०रुपैँया लगानी भएको ऋण आर्थीक वर्ष २०७७/७८ मा ४५ करोड ७ लाख ५२ हजार ४ सय २०पुर्याएको छ । प्रतिवेदन सस्थाका अध्यक्ष तुलाराम न्यौपानेले सार्वजनिक गर्नु भएको थियो ।

साथै कार्यक्रममा डाफे सहकारी पत्रकारिता पुरस्कार विर्तामाडका पत्रकार गोपाल काफ्लेलाई प्रदान गरिएको थियो । सस्थाले जिल्लाभर ५ स्थानमा आफ्ना सेवाकेन्द्रको विस्तार पनि गरेको छ । गौरदह, शिवसताक्षी, विर्तामोड,बुद्धशान्ती र दमकमा प्रधान कार्यालय मार्फत सेवा दिइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो