सेखुवा-चखेवाभञ्ज्याङ सडक : गुणस्तरहीन निर्माण सामग्री प्रयोग

 

खोटाङ /  कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–वेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो ।

सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) लामो सडकखण्ड ३२ करोडको लागतमा कालोपत्र गर्ने जिम्मा कम्पनी भारत कन्स्ट्रक्सन-मैनाचुली–सिद्धिशाही जेभी काठमाडौँले पाएकामा निर्माण सुरु गरेको सात वर्षसम्म काम अलपत्र बनेको थियो ।

कजवे निर्माणका क्रममा मापदण्ड विपरीत बालुवा प्रयोग गरिएको भेटिएको समन्वय समिति प्रमुख राईले बताए। ‘निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुनः गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिइएको छ’, उनले भने, ‘निर्माण कम्पनीलाई स्ट्यान्डर्ड स्पेसिफिकेसन फर रोड एन्ड ब्रिज वर्कर्स, २०७३ अनुसार गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न कागजसमेत गराइएको छ ।’

विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीले विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रका लागि सम्झौता गरे पनि सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद विसं २०७७ पुस १३, दोस्रो म्याद विसं २०७८ असार १३ र तेस्रोपल्ट थप भएको म्याद विसं २०७८ फागुन ३० गते सकिसकेको थियो ।

नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएकामा निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था नदेखिएको समन्वय प्रमुख राईले  बताए ।

ढिलासुस्ती भएपछि मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्न गत मङ्सिर १८ गते सडक विभागसमक्ष सिफारिस गरेपछि काम गरेको ठेकेदार कम्पनीले चैत पहिलो सातादेखि डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो  तर ठेकेदारले आफ्नो ‘सेड्युल’ अनुसार काम नगरेको उनले जानकारी गराए।

छिमेकी जिल्ला भोजपुरका  बासिन्दाले समेत राजधानी काठमाडौँ आवतजावतमा प्रयोग गर्ने उक्त सडक कालोपत्रको काम ठेकेदारले अलपत्र पारेपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालयले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको थियो ।

उक्त कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको केही समयपछि खोटाङको साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईको रोहवरमा मैनाचुली निर्माण सेवा कम्पनीका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम आगामी असार मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

यसैबीच मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको पङ्खुखोला पुल निर्माणको काम रोकिएको छ । म्याद नाघेको वर्षौं बितेपछि निर्माणको काम सुरु भएको पङ्खुखोला पक्की पुलको काम पुनः रोकिएको हो ।

पङ्खु खोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरिएकामा हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिट्टी, बालुवा र सिमेन्ट नदेखिएकाले  निर्माण कार्य रोकिएको पाइएको जिसस प्रमुख राईले बताए। निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर उक्त निर्माणाधीन पक्की पुलको काम पुनः गर्न निर्देशन दिइएको बताइएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत

झापाबाट गगन थापाको उद्घोष,कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ

झापा,९ असार ।नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै