जुटेन सर्वसम्मती

एमाले वडा अधिवेशन अपडेटः दमकका १० मध्ये ७ वडामा निर्विरोध, ३ वटामा निर्वाचन हुने सम्भाभवना

 

दमक/
१० वटा वडा रहेको दमक नगरपालिकामा आज सुरु नेकपा एमालेको वडा अधिवेसनमा ७ वटा वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।

साझ ७ बजे सम्मको जानकारी अनुसार दमक नगरपापिलका वडा नं १, २, ३, ६ ७, ८ र ९ मा पदाधिकारीहरु निर्विरोध चयन हुनु भएको हो । वडा नं १ मा मणी सुवदि अध्यक्ष, रघुविर बुढाथोकी उपाध्यक्ष, पदम प्रसाद भट्टराई सचिव र उप सचिवमा रुद्र प्रसाद सुवेदि र दुर्गा देवि खड्का निर्विरोध चयन हुनु भएको छ ।

यस्तै २ मा अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्षमा बुद्दि कुमार सिग्देल, सचिवमा ललित विक र उप सचिवमा वसन्त काफ्ले र पुनम गरागाईँ सर्वसम्मत चयन हुनु भएको छ ।


यता ३ नं वडमा चन्द्र प्रसाद गुरागाई अध्यक्ष, शान्ता निरौला भुजेल उपाध्यक्ष, नबिन बराल सचिव, तुलसी पुरी र डिकेन्द्र घिमिरे उप सचिवमा निर्विरोध चयन हुनु भयो ।


वडा नं ४ ५ र १० मा भने शनिबार सर्वसहमती हुन सकेन । आईतबार फेरि सहमतीको प्रयास गरिने र सहमती नजुटेमा निर्वाचनमा जाने बताइएको छ ।

यस्तै वडा नं ६ मा दुर्गा उप्रेती अध्यक्ष, उपाध्यक्षमा बुद्धिशेखर भट्टराई, सचिवमा शिव काफ्ले चयन हुनु भएको छ ।
उप सचिवमा खेम कुमारी घिमिरे र विकास रणपहेली सर्वसम्मती चयन हुनु भएको त्यहाँको पार्टि सुद्धिकरण अभियान संयोजक सुमित्रा भण्डारीले जानकारी दिनुभयो ।

यसै गरि वडा नं ७ मा अध्यक्षमा राधाकृष्ण आचार्य, उपाध्यक्षमा मैयादेवी आचार्य, सचिवमा कमल उदास र सह सचिवमा गायत्रादेवी लामिछाने र भीम प्रसाद सुवेदी चयन हुनु भएको छ ।

यसै गरि वडा नं ८ मा खेम बहादुर श्रेष्ठ अध्यक्ष, हरिमाया चुडाल उपाध्यक्ष, तारानाथ भट्टराई सचिव र प्रकाश रिजाल र यूवारज आचार्य उप सचिवमा निर्वारोध चयन हुनु भयो भने वडा नं ९ मा पुण्ड्य प्रसाद सिम्खडा अध्यक्ष, ज्ञान प्रसाद निरौला उपाध्यक्ष , नबिन योगी सचिव र रश्मी अधिकारी र प्रकाश प्रसाद दाहाल उप सचिवमा निर्वारोध चयन हुनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले