जुटेन सर्वसम्मती

एमाले वडा अधिवेशन अपडेटः दमकका १० मध्ये ७ वडामा निर्विरोध, ३ वटामा निर्वाचन हुने सम्भाभवना

 

दमक/
१० वटा वडा रहेको दमक नगरपालिकामा आज सुरु नेकपा एमालेको वडा अधिवेसनमा ७ वटा वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।

साझ ७ बजे सम्मको जानकारी अनुसार दमक नगरपापिलका वडा नं १, २, ३, ६ ७, ८ र ९ मा पदाधिकारीहरु निर्विरोध चयन हुनु भएको हो । वडा नं १ मा मणी सुवदि अध्यक्ष, रघुविर बुढाथोकी उपाध्यक्ष, पदम प्रसाद भट्टराई सचिव र उप सचिवमा रुद्र प्रसाद सुवेदि र दुर्गा देवि खड्का निर्विरोध चयन हुनु भएको छ ।

यस्तै २ मा अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्षमा बुद्दि कुमार सिग्देल, सचिवमा ललित विक र उप सचिवमा वसन्त काफ्ले र पुनम गरागाईँ सर्वसम्मत चयन हुनु भएको छ ।


यता ३ नं वडमा चन्द्र प्रसाद गुरागाई अध्यक्ष, शान्ता निरौला भुजेल उपाध्यक्ष, नबिन बराल सचिव, तुलसी पुरी र डिकेन्द्र घिमिरे उप सचिवमा निर्विरोध चयन हुनु भयो ।


वडा नं ४ ५ र १० मा भने शनिबार सर्वसहमती हुन सकेन । आईतबार फेरि सहमतीको प्रयास गरिने र सहमती नजुटेमा निर्वाचनमा जाने बताइएको छ ।

यस्तै वडा नं ६ मा दुर्गा उप्रेती अध्यक्ष, उपाध्यक्षमा बुद्धिशेखर भट्टराई, सचिवमा शिव काफ्ले चयन हुनु भएको छ ।
उप सचिवमा खेम कुमारी घिमिरे र विकास रणपहेली सर्वसम्मती चयन हुनु भएको त्यहाँको पार्टि सुद्धिकरण अभियान संयोजक सुमित्रा भण्डारीले जानकारी दिनुभयो ।

यसै गरि वडा नं ७ मा अध्यक्षमा राधाकृष्ण आचार्य, उपाध्यक्षमा मैयादेवी आचार्य, सचिवमा कमल उदास र सह सचिवमा गायत्रादेवी लामिछाने र भीम प्रसाद सुवेदी चयन हुनु भएको छ ।

यसै गरि वडा नं ८ मा खेम बहादुर श्रेष्ठ अध्यक्ष, हरिमाया चुडाल उपाध्यक्ष, तारानाथ भट्टराई सचिव र प्रकाश रिजाल र यूवारज आचार्य उप सचिवमा निर्वारोध चयन हुनु भयो भने वडा नं ९ मा पुण्ड्य प्रसाद सिम्खडा अध्यक्ष, ज्ञान प्रसाद निरौला उपाध्यक्ष , नबिन योगी सचिव र रश्मी अधिकारी र प्रकाश प्रसाद दाहाल उप सचिवमा निर्वारोध चयन हुनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो