दमकमा सरकारी र सहकारी परियोजनामा उच्च स्तरको गाईपाल सुरु हुदै

 

दमक/
दमक ५ मा रहेको शुभागमन कृषि सहकारी सस्थाले स्वच्छ दुध उत्पादनकालागि उन्नत गाई पालिन उप आयोजना सञ्चालन गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको विकेन्द्रिकृत आयोजना सहयोग इकाइ विराटनगरको साझेदारीमा गाइ पालन सुरु गर्ने भएको हो ।

कुल लागत १ करोड ९१ लाख २७ हजार ३ सय को परियोजनामा आयोजना मार्फत ९५ लाख ६३ हजार ६ सय ५० रुपैँया अनुदान प्राप्त भएको शनिबार आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत जानकारी गराइएको छ । बाँकी रकम ५७ लाख ३८ हजार १ यि ९० रुपैँया राष्ट्रिय सहकारी बैकंबाट ऋण उपलब्ध भएको छ भने सस्थाले ३८ लाख २५ हजार ४ सय ६० रुपैँया लगानी गरेको छ ।

परियोजना दमक ४ स्थित संगमचोकमा हुने र त्यसका लागि जग्गाको व्यवस्थापन भइसकेको सस्थका अध्यक्ष तेजस्वी थेवेले जानकारी दिनुभयो ।

परियोजना सञ्चालन भएपछि दुधजन्य उत्पादनमा बढ्दो परनिर्भरतालाई कम गर्ने र आम उपभोक्ताको स्वच्छ दुग्ध पदार्थजन्य सामाग्रीको उपभोग गर्ने अधिकारलाई सुनिश्चित गर्ने विस्वास परियोजना व्यवस्थापक पर्शुराम सुवेदीले गराउनु भयो ।

परियोजानामा ३६ देखी ५५ वटा उन्नत जातका गाइ पालिने जनाइएको छ । परियोजना आगामी वर्षको बैशाख ३० गते निर्माण सम्पन्न गरि सञ्चालन गर्नुपर्ने सम्झौता गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले