बियोगमा फूयाल परिवार

२३ वर्ष देखिको पारिवारिक बिछोड , आमाको रोदनः ”छोरो टेकेन्द्र तिमी जहाँ छौ चाँडै घर फर्क”

दमक/
झापामा एक जना यूवा २३ वर्षदेखी वेपत्ता हुनु भएको छ । १६ वर्षको उमेर हुँदा घर छोडेर हिड्नु भएका गौरादह २ नं वडाका टेकेन्द्र फूयाल अहिले सम्म घर फर्कनु भएको छैन । कहाँ हुनुहुन्छ कस्तो अवस्थमा हुनुहुन्छ परिवारमा कुनै अत्तोपत्तो छैन । छोरो  अहिले सम्म सम्पर्कमा नआउँदा उमेरले डाढा पारी पुग्नु भएका आमा र बुुबाको अन्तिम इच्छा त्यहि छोरो भेट्ने छ । त्यसैले परिवारले टेकेन्द्रलाई फर्कन अनुरोध गरेका छन् ।


तस्विर धमिलो भएको छ । किनकी त्यसबेला खिचेर राखेको छोरोको फोटो पटक पटक धुलाएर राख्ने क्रममा यो फोटो नै अहिले यस्तो धमिलो भएको छ । यो फोटो हो झापा गौरादह नगरपालिका वडा नं २ क्याम्पसमोडका टेकेन्द्र फूयालको ।
टेकेन्द्रका बुबा खड्ग प्रसाद फूयाल अहिले उमेरले ४ कोरी पुग्नु भयो । अहिले उहाँ घरबाट बाहिर भित्र मात्रै गर्न सक्नु हुन्छ । बुढो शरिर विभिन्न रोगले थलीएको छ । हप्तामा २ दिन डाइलासिस गराएर जिवन बाँचीरहेको छ । छोरो टेकेन्द्र १६ वर्षको उमेरमा घर छोडेर हिडेको र त्यसपछि ८ महिना भएपछि घर आएको पनि उहाँले सुनाउनु भयो ।


त्यसबेला नेपाली चलचित्र बलिदानमा आमाको महिमा देखाइएकोले आमाको खुव याद आएर आएको छोरोले बताउनु भएको थियो । तर त्यहि आमा मातातिर्थ औषिमा आमाको मुख गर्न पाँचथर गएका बेला फेरि घर छोडेर गएको बुबा खड्ग प्रसाद बताउनु हुन्छ । बिरगञ्जको एउटा तेल कम्पनीमा काम गर्छु अहिले सम्म अर्थात ८ महिनाको पैसा लिएको छैन । त्यो तलव लिएर म फर्किहाल्छु भनेर गएको छोरो अहिलेसम्म नर्फिर्किएको उहाँले सुनाउनु भयो ।

बुबाको यो बुढो शरिरले अव कान्छो छोरोको मुखबाट बुबा भन्ने मात्र सुन्न चाहेको बताउनु हुन्छ । छोरोको यादमा बुबालाई अहिले न भोक लाग्छ , न निद्रा । यसैको पीरले शरिर गलीरहेको छ । शरिर निकै कमजोर बनिसकेको छ । बिरामले धेरै च्यापेर केहि समय अघि परिवारका सबैले माया नै मारिसकेका पनि थिए । तर कान्छो छोरोको आवान सुन्ने र एक पटक भएपनि अनुसार हेर्ने पाउँछु कि भन्ने चाहि उहाँमा आशा छ । त्यसैले घरको पिढिमा बसेर बुबाले छोरो आउने बाटो हेरिरहनु भएको छ ।


टेकेन्द्रले बिरगञ्जमा काम गर्दा आफुले नाम पनि फेरेको पछिल्लो पटक घर आएका बेलामा सुनाउनु भएको थियो । ब्राम्हणको छोरो भन्दा त्यहाँ जिस्काउने भएकोले आफ्नो सहजताकालागि उहाँले बिक्रम थापा राख्नु भएको रहेछ । बिरगञ्जको मुक्ति आयल निगममा काम गर्ने उहाँले बताउनु भएको थियो । यतिमात्र हैन उहाँले आफ्नो मालिकको नाम महमत मुसिन पनि हो भनेर समेत घरमा सुनाउनु भएको थियो ।घरबाट निस्केको अन्तिम दिन दिदिसँग टेकेन्द्रको कुरा भएको थियो । दिदि भाई उमेरले एक वर्षका मात्र जेठा कान्छा । दिदि भाई पढ्ने विद्यालय एउटै थियो । गोल्डेन सनराईजमा दुवैजना पढ्ने गरेका थिए । अव ८ महिना विद्यालय छुटेपछि फेरि त्यहि विद्यालयमा पढ्न लाज हुने भन्दै भाईले दिदिलाई सुनाउनु भएको थियो । ‘म एक पटक गएर फर्किहाल्छु तर पहिला पढेको चाहि स्कुल पढ्दिन आएर अर्कै स्कुलमा पढ्छु त्यसबेला भाईले बोलेको अन्तिम वाक्य सम्झदै दिदि सुशिलाले बताउनु भयो ।


आफ्नो काम र काम गर्ने ठाउँका बारेमा यत्तीका जानकारी समेत छोडेर उतै फर्कनु भएका टेकेन्द्र पूल्न फर्कनु भएन । त्यसपछि उतै काम गर्ने टेकेन्द्रका मामाको सहयोग माग्यो परिवारले ।टेकेन्द्रले छोडेको जानकारीका आधारमा मामाले त्यहाँ आयल निगम पनि खोज्नु भयो । खोजी गर्दा त्यो नामको पम्प भेटियो । तर त्यहाँ काम गर्ने कामदारहरुसँग फोटो सहित देखाएर सोधिखोजी गर्दा टेकेन्द्र त्यहाँ काम गर्दैन थिए रहेछन् । त्यसपछि मामाले खोज्ने आधार पनि सकियो । छोरो अहिले सम्म भेटनु त परैको कुरा अहिले सम्म सम्पर्कपनि भएको छैन ।


यता आमा र बुबा हरेक दिन हरेक पल यहि छोरालाई सम्झेर बस्नु हुन्छ । छोरोका यादमा रातमा निन्द्र र खाना खाने बेलामा भोक पनि हराएको छ । आमा र बुबा दुवै रोगी बन्नु भएको छ । छोराका यादमा शरिर कमजोर बनिरहेको छ । आफ्नो काखको छोरो अहिले सम्म नर्फिकएपछि कुन आमाको मन नरोला र । टेकेन्द्रकी आमा चन्द्रमाया फूयाँलको मन पनि भत्तभत्ती पोलेको छ । खाना खाँदा र राती सुत्ने बेलामा छोराको यादले उहाँलाई निकै सताइरहेको छ । उहाँ रुदै रुदै छोरालाई जहाँ भएपनि जस्तो अवस्थामा भएपनि छोरालाई घर फर्कन बिलौना गर्नु हुन्छ ।


परिवारका कान्छा र सबैका प्यारो हुनुहुनथ्यो टेकेन्द्र । परिवारका सबै सदस्यको अधिक माया पाएको र सानो उमेरमै पनि आमाको दुख देख्न नसक्ने टेकेन्द्र । अहिले तपाईलाई यी आमाको याद नआएकै हो त ? यी आमा र बुबाको आशु पुछ्नका लागि तपाई जहाँ र जस्तो अवस्थामा हुनुहुन्छ एकै पटक भएपनि तपाई घर फर्कनुस । परिवार तपाई आउने आशमा बसिरहेको छ । तपाई आउने आशमा बस्दा बस्दै आमा बुबाको सास गयो भने भोली तपाईले आमा र बुबा भन्ने वाक्यले कस्लाई पुकार्नु हुन्छ । त्यसैले तपाई जतिसक्दो फर्कनु । वा तपाईले तपाईको दिदि सुशिलालाई ९८०८८३७७९० मा तुरुन्तै टेलिफोन गरिहाल्नुस ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गरिब जनताको काँधमा करको भारी, सांसदलाई स्वकीय सचिवको सुविधा

काठमाडौं,१ साउन । सर्वसाधारण नागरिक महँगी र करको भारसँग जुधिरहेका बेला सरकारले सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेपछि चौतर्फी बहस सुरु भएको छ।

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच