दमक/
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नेकपा एमालेको आसन्न १० औ महाधिबेसनमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले प्रदेश १ को भूगोलबाट आफुलाई सो पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । दमकमा पत्रकार सम्मेलन गरेर ओलीले पार्टिको संगठनात्मक सुदृढिकरणका साथै पार्टिले लिएको नितीलाई जनतामाझ पुर्याउन आफुले उम्मेद्वारी दिएको बताउनु भयो ।
२०३५ साल देखी राजनैतिक जिवन सुरु गर्नु भएका ओलीले गाउँ गाउँमा कमिटी विस्तारका साथै क्याम्पसमा विद्यार्थीहरुलाई संगठीत गराउन महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको छ । २०३८ साल देखी पार्टिलाई भूमिगत भएर सहयोग गरेको स्मरण गर्दै उहाँले आफ्नो अव पार्टिको केन्द्रिय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गर्नु भयो ।
उहाँले उमेरको हदका कारण पनि अव आगामी महाधिवेशनमा उम्मेद्वारी दिन नपाइने भएकोले यो पटक चाहि आफुले काम गर्ने इच्छा जाहेर गरेको पनि बताउनु भयो । देशभरीका महाधिवेशन प्रतिनिधीहरुलाई साथ र सहयोग गर्न ओलीले अनुरोध गर्नु भएको छ ।
प्रदेश १ को भूगोलबाट २ जना महिला र खुल्लाबाट २ गरि कुल ४ जनाले केन्द्रिय सदस्य बन्न पाउने पार्टिको विधानमा उल्लेख गरिएको छ ।