पीडित अझै पीडामा

रतुवा नदिका बाढी पीडतको गुनासो: हामीले अहिले सम्म बास पाउनै सकैनौ ’।

दमक/
गत कार्तिक महिनाको अन्तिम दिन परेको अविरला वर्र्षातले घर बार बिहिन भएका दमकका बाढि पीडित अझै सम्म स्थापीत हुन सकेका छैनन् । रतुवा खोलाको डिलमा आफ्नो गच्छे अनुसारको घर तथा छाप्रा बनाएर बसेका उनीहरु खोलामा आएको बाढिका कारण बिस्थापीत हुन पर्यो । अहिलेसम्म उनीहरु न त्यहि ठाउँमा पूःनस्थानीत नै हुन सकेका छन् न त उनीको व्यवस्थापन नगरपालिकाले नै गर्न सकेको छ ।

झापाको दमक ७ कि जानुका तुम्वाको घर अहिले पनि रतुवा खोलाको डिलैमा छ । उहाँको घरको पूर्वपट्टिको धुरी र एक पाखो भाग नै रतुवा खोलामा बग्यो । गत कार्तिक ३१ गते परेको अविरल वर्षाका कारण उहाँको घर बगेको हो । अहिले त्यो भत्केको पाखोमा एउटा तन्नाले छोपीएको छ । हिउँदको सिरेटो घरमा रहेको एउटा कोठामामा वरिपरि मडारिन्छ । काठ र सिमेण्ट प्रयोग गरेर उहाँले घर बनाउनु भएको थियो । तर भत्केको घरमा उहाँले त्यहि अनुसार टाल्न सक्नु भएको छैन । किनकी उहाँको परिवार ज्याला मजदुरी गरेर पालिदै आएको छ । पूर्वपट्टि खुल्लै भएकोले जानुका र उहाँको परिवारलाई अहिले रात नपरिदिए हुन्थ्यो भन्ने मात्र हुन्छ । किनकी रातमा जे पनि हुन सक्ने भन्दै निकै असुरक्षीत भएर बस्नु परेको उहाँले सुनाउनु भयो ।

यहि ठाउँकी आश्मा श्रेष्ठको घर जानुकाको जती एउटा कोठा मात्र राखेर मात्र भत्केन । सबै घर रतुवाको बढिले बगाएर लग्यो । बाल बाल आफुँ बाँचेको र घरको केहि सामानलाई जोगाउन सकेपनि घर सहित विभिन्न सामान बग्यो । अहिले उहाँ नजिकैको एउटा घरमा भाडामा बस्नु हुन्छ । भूमिहिन आश्मा रतुवा खोलाको डिलमा चार किल्ला गाडेर आफ्नो बास बस्दै आउनु भएको थियो । तर त्यहाँबाट रतुवा खोलाले बगाइदिएपछि अव कहाँ गएर बस्ने भन्ने चिन्तामा हुनुहुन्छ । कोठाभाडा तिरेर बस्न नसक्ने बताउनुहुने उहाँले परिवार पाल्नै मुस्किल रहेको सुनाउनु भयो ।

 

‘हामीलाई स्थाई बसोबास गरिदिन माग गर्दछु ।’ तपाई स्थानिय सरकारसँग के माग गर्नुहुन्छ भनेर उज्यालोले सोधेको प्रश्नमा आश्माले बताउनु भयो । बस्नेको व्यवस्था भए बरु जसो तसो ज्याला मजदुरी भएर भएपनि आफुहरु पालिने उहाँले बताउनु भयो ।

यता जनप्रतिनिधीहरु भने बिस्थापीत बनेका बाढी पीडितहरुलाई स्थापीत गराउनु भन्दा पनि राहत कहाँबाट ल्याउन सकिन्छ भन्नेमा मात्र ध्यान केन्द्रित गरेको देखिन्छ । वडा नं ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले यहाँका ७ परिवारको घर पूणर् रुपमा बगेको र अन्य ८ परिरवारको आंशीक क्षती भएको र साथै सामान्य क्षती पुग्ने अन्य परिवार पनि रहेको बताउनु भयो । यी १५ परिवारलाई खान अभाव नहोस र यो जाडोमा कठ्याग्रीएर बस्न नपरोस भनेर विभिन्न दाताहरुसँग सहन्वय गरेर राहत सामाग्री उपलब्ध गराउने काम भइरहेको वडाध्यक्ष पौडेललले बताउनु भयो ।


जनप्रतिनिधीको अनुरोधमा गोर्खा वेलफेयर ट्रष्ट नेपालले यहाँका १५ बाढी पीडित परिवारलाई राहत सामाग्री उपलब्ध गराएको छ । १५ परिवारलाई पुग्ने गरिको खान, लगाउन र ओड्न र ओछ्याउन पुग्ने गरिको सामाग्री वितरण गरेको ट्रष्टका पूर्व क्षेत्रीय कार्यालय धरानका प्रमुख कृष्णमान गुरुङले जानकारी दिनुभयो । ‘खाद्यन्नका लागि आवश्यक चामल दाल , नुन , हात धुने साबुन, स्यानेटिइजर, ओड्ने सिरक, ओछ्याउने डस्ना लगायतका सामाग्री दिएका छौ ।’ गुरुङले बताउनु भयो ।

तर यहाँका बाढी पीडितले आफुहरुलाई राहत मात्र होईन आफुहरुको स्थाई बसोबास हुन पर्ने भन्दै माग राख्दै आएका छन् । तर यो मागको सुनुवाई हुन नसकेको भन्दै दुखेसो पोखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले