दमक/
झापाको दमक ६ स्थित मिसाल मार्केटमा एकजना ब्याक्तीको हत्या भएको छ । दमक २ बस्ने प्रकाश पराजुलीको बुधबार राती ७ बजे पछि अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । २५ वर्षे युवक त्यहा रहेको रक्षा फेन्सी स्टोरमा काम गर्ने र कामबाट घर फर्कने क्रममा उनीमाथी आक्रमण भएको अनुमान प्रहरिको छ । मिसाल बजारको अगाडि पट्टि घिमिरे मार्केटमा घटना भएको हो । हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले उअक्क खोजी गरिरहेको जनाएको छ ।

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?
दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप








