कायर्कता भर्ति गर्दै मुख्यमन्त्री राजेन्द्र राई

प्रदेश १ सरकरमा अर्को बेथिती, बिना मन्त्रालयमा धमाधम स्वकिय सचिव नियूक्त

विराटनगर/
प्रदेश १ का मन्त्रीविहीन मन्त्रालयमा धमाधम स्वकीय सचिवको नाममा कार्यकर्ता भर्ना सुरु भएको छ ।नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री नै नभएका मन्त्रालयमा स्वकीय नियुक्ति गरेर कार्यकर्ता थन्क्याउने काम थालेका हुन् ।मुख्यमन्त्री राईले मन्त्री नै नियुक्त गर्न नसकेका मन्त्रालयहरूमा स्वकीय नियुक्त गरेका हुन् ।

गतकात्तिक १६ गते गठन भएको गठबन्धनको सरकारले अहिलेसम्म काम गर्न सकेको छैन । १६ गते र ९ गते गरी अहिलेसम्म २ पटक मात्र मन्त्री परिषद्को बैठक बसेको छ भने मन्त्रालयहरूमा कुनै कामको गतिविधिसमेत नदेखिएको आरोप लाग्दै आएको छ ।काम गर्न नसकेका मुख्यमन्त्री राईले स्वकीय सचिव नियुक्तिलाई भने तिव्रता दिएका छन् । मुख्यमन्त्री राईले उद्योग, पर्यटन‚ वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी, सोही मन्त्रालयको स्वकीय सचिवमा रोहित गौतमलाई नियुक्त गरेका छन् ।

भूमि‚ व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किशन भगत र सोही मन्त्रालयको स्वकीय सचिवमा उदय यादवलाई नियुक्त गरेका छन् । यी मन्त्रालयमा दलहरूबीच भागबण्डा नमिल्दा मन्त्रीविहीन अवस्थामा मुख्यमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी लिएका छन् ।स्वकीय सचिव मन्त्रीले नियुक्त गर्ने पद हो । तर, मन्त्री नै नभएको मन्त्रालयमा धमाधम स्वकीय सचिव नियुक्त हुँदा गठबन्धनभित्रैबाट मुख्यमन्त्रीको आलोचना हुन थालेको छ ।

नेकपा एकीकृत समाजवादीभित्रैका विद्यार्थी नेताहरूले पनि असन्तुष्टि जनाएका छन् । सुनसरीका नेकपा (एस) का विद्यार्थी नेता सुमन कार्कीले आफूहरूले पनि धेरै गर्न सक्ने भएपनि एयरपोर्ट दौडिने र आसेपासेलाई मात्र नियुक्त गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।मुख्य मन्त्रीको सचिवालयले भने तत्काललाई नियुक्त गरिए पनि कुनै मन्त्री नियुक्त भएको अवस्थामा स्वकीय सचिवलाई हटाउन सक्ने बताएको छ । मुख्यमन्त्रीको सचिवालयले मन्त्रालयको काम कारबाहीलाई हेर्नका लागि मन्त्रालयमा स्वकीयसहितको सचिवालय बनाइएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा