राप्रपाको हुकार

राप्रपा अव देशको पहिलो पार्टि बन्छ ः अध्यक्ष लिङदेन

बिर्तामोड/

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिर्वतन र विकासका लागि राप्रपा पहिलो शक्तिका रुपमा उदय हुने दावी गर्नुभयो ।राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका अध्यक्ष लिङ्देनले राप्रपा अब अगृणी शक्तिको रुपमा स्थापित भएर जाने बताउनुभयो ।

राप्रपा झापाले बिर्तामोडमा आज आयोजना गरेको बधाई तथा शुभकामना एवम् वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सक्छ के, गर्छ के, हुन्छ के भन्दै लाग्दा लाग्दै राप्रपालाई पहिलो शक्तिका रुपमा स्थापित गरेर लाने र मुलुकको परिर्वतन र विकासका लागि पहिलो शक्तिको रुपमा उदय हुने दावी गर्नुभयो ।आफु अध्यक्ष पदमा बस्न रहरले मात्रै नआएको बताउँदै लिङदेनले अब चार वर्ष पछि हेरौ, अली पछि हेरौ, पर्ख भन्ने सुविधा नभएकाले कार्यकर्ताले आफूलाई अध्यक्षमा निर्वाचित गराएको बताउनुभयो ।देशको परिर्वतन र विकासका लागि कसैले न कसैले आट गर्नु पर्छ भन्ने लागेर नै गरिएको आँटका कारण आफू अध्यक्षमा निर्वाचित भएको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिड्न सक्ने मान्छे भएका कारण राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउँदै राप्रपालाई एक ढिक्का बनाएर लाने समेत उहाँको भनाई छ । आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा नआएको बताउँदै अध्यक्ष लिङ्देनले पार्टीको आन्तरिक चुनावमा मलाई कस्ले मत दियो दिएन भनेर नहेर्ने बताउँदै कसैले चिन्ता लिनु नपर्ने उहाँको भनाई थियो ।

पार्टीलाई एक ढिक्का र बलियो बनाएर लैजाने संकल्प पनि उहाँले गर्नु भएको छ ।
लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका कारण कार्यक्रममा हजारौं पार्टीका कार्यकर्ताहरु सहभागी बनेका थिए । सोही समारोहमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा सयौंको संख्यामा प्रवेश गरेका थिए ।कार्यक्रममा प्रदेश १ का अध्यक्ष राम थापा सहित केन्द्रीय सदस्यहरुले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो