राप्रपाको हुकार

राप्रपा अव देशको पहिलो पार्टि बन्छ ः अध्यक्ष लिङदेन

बिर्तामोड/

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिर्वतन र विकासका लागि राप्रपा पहिलो शक्तिका रुपमा उदय हुने दावी गर्नुभयो ।राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका अध्यक्ष लिङ्देनले राप्रपा अब अगृणी शक्तिको रुपमा स्थापित भएर जाने बताउनुभयो ।

राप्रपा झापाले बिर्तामोडमा आज आयोजना गरेको बधाई तथा शुभकामना एवम् वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सक्छ के, गर्छ के, हुन्छ के भन्दै लाग्दा लाग्दै राप्रपालाई पहिलो शक्तिका रुपमा स्थापित गरेर लाने र मुलुकको परिर्वतन र विकासका लागि पहिलो शक्तिको रुपमा उदय हुने दावी गर्नुभयो ।आफु अध्यक्ष पदमा बस्न रहरले मात्रै नआएको बताउँदै लिङदेनले अब चार वर्ष पछि हेरौ, अली पछि हेरौ, पर्ख भन्ने सुविधा नभएकाले कार्यकर्ताले आफूलाई अध्यक्षमा निर्वाचित गराएको बताउनुभयो ।देशको परिर्वतन र विकासका लागि कसैले न कसैले आट गर्नु पर्छ भन्ने लागेर नै गरिएको आँटका कारण आफू अध्यक्षमा निर्वाचित भएको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिड्न सक्ने मान्छे भएका कारण राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउँदै राप्रपालाई एक ढिक्का बनाएर लाने समेत उहाँको भनाई छ । आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा नआएको बताउँदै अध्यक्ष लिङ्देनले पार्टीको आन्तरिक चुनावमा मलाई कस्ले मत दियो दिएन भनेर नहेर्ने बताउँदै कसैले चिन्ता लिनु नपर्ने उहाँको भनाई थियो ।

पार्टीलाई एक ढिक्का र बलियो बनाएर लैजाने संकल्प पनि उहाँले गर्नु भएको छ ।
लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका कारण कार्यक्रममा हजारौं पार्टीका कार्यकर्ताहरु सहभागी बनेका थिए । सोही समारोहमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा सयौंको संख्यामा प्रवेश गरेका थिए ।कार्यक्रममा प्रदेश १ का अध्यक्ष राम थापा सहित केन्द्रीय सदस्यहरुले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।