दुर्घटना बढयो

सडक दुर्घटनाबाट मृत्यू हुनेको दर बढ्दो, ट्राफिक सप्ताह सञ्चालनमा प्रश्न

durghatana

इटहरी/
आईतबार देखी प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह २०७८ सुरु भएको छ । साताव्यापी रूपमा आयोजना हुने उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने बताइएको छ ।

साताव्यापी रपमा आयोजना हुने कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख चापागाईँले जानकारी दिनुभएको छ । चापागाईँले दुर्घटना बढी जसो चालकको लापरबाहीका कारण हुने भए पनि सडक सुशासनसँग सम्बद्ध सबै पक्षले स्वामित्व ग्रहण गर्नु पर्ने बताउनुभएको छ ।

यसैबिच, प्रदेश १ मा पछिल्ला बर्षहरुमा सडक दुर्घटना र दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या बढ्दे गएको एक तथ्याङ्कले देखाएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३१३, २०७६/७७ मा ३३२, २०७७/७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ ।

ट्राफिक प्रहरीको यो तथ्याङ्कलाई हेर्दा हरेक वर्ष सडक दुर्घटनामा परि अकालमै ज्यान गुमाउनेहरूको ग्राफ उच्च हुँदै गएको देखिन्छ । यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताह अन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको बताइएको छ ।

दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन