दुर्घटना बढयो

सडक दुर्घटनाबाट मृत्यू हुनेको दर बढ्दो, ट्राफिक सप्ताह सञ्चालनमा प्रश्न

इटहरी/
आईतबार देखी प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह २०७८ सुरु भएको छ । साताव्यापी रूपमा आयोजना हुने उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने बताइएको छ ।

साताव्यापी रपमा आयोजना हुने कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख चापागाईँले जानकारी दिनुभएको छ । चापागाईँले दुर्घटना बढी जसो चालकको लापरबाहीका कारण हुने भए पनि सडक सुशासनसँग सम्बद्ध सबै पक्षले स्वामित्व ग्रहण गर्नु पर्ने बताउनुभएको छ ।

यसैबिच, प्रदेश १ मा पछिल्ला बर्षहरुमा सडक दुर्घटना र दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या बढ्दे गएको एक तथ्याङ्कले देखाएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३१३, २०७६/७७ मा ३३२, २०७७/७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ ।

ट्राफिक प्रहरीको यो तथ्याङ्कलाई हेर्दा हरेक वर्ष सडक दुर्घटनामा परि अकालमै ज्यान गुमाउनेहरूको ग्राफ उच्च हुँदै गएको देखिन्छ । यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताह अन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको बताइएको छ ।

दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले