राप्रपाको सकृयता

ओलीको निर्वाचन क्षेत्रबाट ४ सय बढि कार्यकर्ता राप्रपा प्रवेश गरेको दावि

दमक/
शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए ।
यस क्रममा उनले ओलीकै निर्वाचन क्षेत्रका एमालेका ४०० बढी नेता- कार्यकर्तालाई राप्रपामा भित्र्याएका छन् । ओलीको ‘शब्द बाणलाई फिल्डबाटै जवाफ दिन’ लिङ्देन झापा आएको राप्रपाका एक नेताले बताए । यद्यपि लिङ्देनले ओलीविरुद्ध त्यस्तो कुनै कडा टिप्पणी भने गरेको अवस्था छैन ।

६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए

राप्रपा गौरादह नगर कमिटी अध्यक्ष शान्तिराम पौडेलले झापामा पार्टी अध्यक्षको मंगलबारसम्म कार्यक्रम रहेको छ । विशेषतः कार्यकर्ता भेला, पार्टी प्रवेश र सम्मान कार्यक्रममा लिङ्देनको सहभागिता भएको उनको भनाइ छ । गौरीगञ्ज, दमक, कमललगायतका स्थानमा कार्यक्रम गरिएको र जनसहभागिता उत्साहजनक रहेको उनको भनाइ छ । यो क्रम मंगलबारसम्म जारी रहने उनको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच