" सकस बन्दै एमसिसि"

एमाले यथास्थितीमा एमसिसि पास गर्न तयार छैन ः भट्टराई

काठमाडौ
नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले यथास्थीतिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पार्नुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले कुनै सर्तमा पनि यथास्थीतिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पार्नुभएको हो ।

गठबन्धन तोडे संसद चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाई निराधार भएको भन्दै उहाले एमालेलाई बद्नाम गर्ने कुरा पुष्टि हुन नसक्ने बताउनुभयो ।

उहाले एमालेलाई गठबन्धन तोड्न र सरकारमा जान कुनै रुची नरहेको धारणा पनि राख्नुभयो । त्यस्तै भट्टराईले कार्यव्यवस्था परामर्श बैठकमा आफुले राखेका मुद्धाका बारेमा जानकारी गराएको र माग पुरा गर्न नसके मार्गप्रसस्त गर्न सभामुखलाई सुझाव दिएको जिकिर गर्नुभयो ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।

Share: