सकस बन्दै एमसिसि

एमाले यथास्थितीमा एमसिसि पास गर्न तयार छैन ः भट्टराई

काठमाडौ
नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले यथास्थीतिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पार्नुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले कुनै सर्तमा पनि यथास्थीतिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पार्नुभएको हो ।

गठबन्धन तोडे संसद चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाई निराधार भएको भन्दै उहाले एमालेलाई बद्नाम गर्ने कुरा पुष्टि हुन नसक्ने बताउनुभयो ।

उहाले एमालेलाई गठबन्धन तोड्न र सरकारमा जान कुनै रुची नरहेको धारणा पनि राख्नुभयो । त्यस्तै भट्टराईले कार्यव्यवस्था परामर्श बैठकमा आफुले राखेका मुद्धाका बारेमा जानकारी गराएको र माग पुरा गर्न नसके मार्गप्रसस्त गर्न सभामुखलाई सुझाव दिएको जिकिर गर्नुभयो ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले