कोशी प्रदेशका सभामुख भन्नु हुन्छ : ‘म सरकारमा गएको नभई सभामुख मात्रै बनेको हु’ (भिडियो हेरौ)

दमक/
कोशी प्रदेशमा सर्वसम्मत सभामुखमा निर्वाचीत बन्नु भएका अम्बर बहादुर बिष्टको अहिले राजनैतिक तहबाट टिप्पणी हुन थालेको छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय सदस्य र यहि पार्टिको समानुपातिकबाट प्रदेश सांसद बन्नु भएको हो । यो पार्टिले अहिलेको व्यवस्थाकै विरुद्धमा आन्दोलन गरिरहेको छ । गणतन्त्र असफल भएको छ । नेपालमा राजतन्त्रनै चाहिन्छ भन्दै उहाँले वकालत समेत गर्दै आउनु भएको छ । तर यही व्यवस्थाको विरुद्धका बोल्नेनै व्यवस्थाले दिलाइदिएको सभामुख पदमा लुप्त भएको भन्दै आलोचना भएको हो । उहाँको यो आलोचना नागरीक स्तरबाट मात्रै नभएर पार्टिभित्रै पनि देखीयो । पार्टि अध्यक्ष प्रकाशनचन्द्र लोहनीले कोशी प्रदेशमा सभामुख पद लिनु एउटा गलत रहेको र फिर्ता हुन निर्देशन पनि गर्नु भएको छ ।

तर सभामुख बिष्ट चाहि यो कुरामा सहमत हुनुहुन्न । उहाँ भन्नु हुन्छ ‘हामी अहिले सरकारमा गएको भन्ने भाष्य निर्माण गर्न खोजीयो । तर त्यसो होईन व्यवस्थापीकामा मात्रै गएको हुँ ।’

दमकको स्थानीय हिमशिख टेलिभिजनमा कुरा गर्दै उहाँले भन्नु भयो ‘पार्टिले कहि पनि सरकारमा नजाने भनेर पो निणर्य गर्या छ त सभामुख पनि नहुने भनेर निणर्य गरेको छैन । सरकारमा जानु र सभामुख बन्नु फरक कुरा हो ।’

भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो