कोशी प्रदेशका सभामुख भन्नु हुन्छ : ‘म सरकारमा गएको नभई सभामुख मात्रै बनेको हु’ (भिडियो हेरौ)

ambar bista

दमक/
कोशी प्रदेशमा सर्वसम्मत सभामुखमा निर्वाचीत बन्नु भएका अम्बर बहादुर बिष्टको अहिले राजनैतिक तहबाट टिप्पणी हुन थालेको छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय सदस्य र यहि पार्टिको समानुपातिकबाट प्रदेश सांसद बन्नु भएको हो । यो पार्टिले अहिलेको व्यवस्थाकै विरुद्धमा आन्दोलन गरिरहेको छ । गणतन्त्र असफल भएको छ । नेपालमा राजतन्त्रनै चाहिन्छ भन्दै उहाँले वकालत समेत गर्दै आउनु भएको छ । तर यही व्यवस्थाको विरुद्धका बोल्नेनै व्यवस्थाले दिलाइदिएको सभामुख पदमा लुप्त भएको भन्दै आलोचना भएको हो । उहाँको यो आलोचना नागरीक स्तरबाट मात्रै नभएर पार्टिभित्रै पनि देखीयो । पार्टि अध्यक्ष प्रकाशनचन्द्र लोहनीले कोशी प्रदेशमा सभामुख पद लिनु एउटा गलत रहेको र फिर्ता हुन निर्देशन पनि गर्नु भएको छ ।

तर सभामुख बिष्ट चाहि यो कुरामा सहमत हुनुहुन्न । उहाँ भन्नु हुन्छ ‘हामी अहिले सरकारमा गएको भन्ने भाष्य निर्माण गर्न खोजीयो । तर त्यसो होईन व्यवस्थापीकामा मात्रै गएको हुँ ।’

दमकको स्थानीय हिमशिख टेलिभिजनमा कुरा गर्दै उहाँले भन्नु भयो ‘पार्टिले कहि पनि सरकारमा नजाने भनेर पो निणर्य गर्या छ त सभामुख पनि नहुने भनेर निणर्य गरेको छैन । सरकारमा जानु र सभामुख बन्नु फरक कुरा हो ।’

भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको