६१ औं वर्षमा प्रवेश गर्दै

धरान १२१ वर्षमा प्रवेश गर्दै

विजयपुर । ऐतिहासिक विजयपुर क्षेत्रलाई छाड्ने हो भने धरान १२१ वर्षमा प्रवेश गर्दै छ । नगरपालिका स्थापना भएको ६१ औं वर्षमा प्रवेश गर्दै छ । यही पुस २० गते ६१ औं वर्षमा प्रवेश गर्नेछ भने यही दिनलाई ‘धरान डे’ का रूपमा परिभाषित गरिएको छ ।

आधुनिक धरान निर्माणमा पुस २० गतेले अहम् भूमिका खेलेको छ । यही सन्दर्भ पारेर धरान उपमहानगरपालिकाले पुस २० गतेदेखि तीन दिनसम्म धरान उत्सव मनाउन लागेको छ । जहाँ धरानका स्थानीय परिकारदेखि लिएर यहाँका जातजातिका झाँकीहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपालमा भएका १ सय २५ जातजातिमध्ये धरानमा ८४ जातजातिको बसोबास रहेको छ । यहाँका स्थानीय परिकारका साथै कृषि उत्पादनलाई पनि उत्सवमा प्रदर्शन गर्न लागिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउन लागिएको छ भने पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नेछन् । त्यसभन्दा अघि सांस्कृतिक झाँकी, र्यालीको आयोजना गरिन लागिएको छ । पब्लिक हाईस्कुलबाट निकालिने झाँकीसहितको र्याली नगर परिक्रमा गर्दै पुनः पब्लिक हाईस्कुलको खेलमैदानमा आइपुग्ने जनाइएको छ ।

उत्सवमा धरानका विभिन्न जातिगत सांस्कृतिक भेषभूषा, गरगहना, जातीय नाच र खानपान, स्थानीय जातिगत झाँकी, विज्ञान प्रदर्शनी आदि गरिनेछ । नगर प्रमुख तिलक राईले भने, ‘हामी धरानको ३ पाने रक्सीलाई ब्रान्डिङ गर्न लागि रहेका छौँ । त्यसको प्रदर्शनी गर्ने तयारीमा छौँ । प्रदर्शनीले स्थानीय रक्सी कसरी उत्पादन हुन्छ । शुद्ध हुन्छ कि हुँदैन भन्ने कुराको सन्देश दिनेछ ।’

उत्सवमा विभिन्न वस्तुहरूको प्रदर्शनीका लागि ७६ वटा स्टलहरू व्यवस्था गरिनेछ । साहसिक खेलअन्तर्गत रहेका प्याराग्लाइडिङमा ३० प्रतिशत र र्याफ्टिङमा २० प्रतिशत छुट दिने जनाइएको छ । दोस्रो दिन बिहान ७ बजे धरानका २० वटै वडा कार्यालय, टोल विकास संस्थाले वडा सरसफाइ गर्ने, सङ्घ-संस्थासहित जिरोपोइन्टदेखि तीनकुनेसम्म सरसफाइ गर्नेछन् ।

त्यस्तै बहुभाषिक कविता गोष्ठी पनि गरिनेछ । कविता गोष्ठीको समन्वय धरान प्रज्ञा प्रतिष्ठानले गर्नेछ । धरानको दीर्घकालीन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । अन्तिम दिन उत्सवको औपचारिक समापनपछि पोखरा र धरानका कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले