६१ औं वर्षमा प्रवेश गर्दै

धरान १२१ वर्षमा प्रवेश गर्दै

विजयपुर । ऐतिहासिक विजयपुर क्षेत्रलाई छाड्ने हो भने धरान १२१ वर्षमा प्रवेश गर्दै छ । नगरपालिका स्थापना भएको ६१ औं वर्षमा प्रवेश गर्दै छ । यही पुस २० गते ६१ औं वर्षमा प्रवेश गर्नेछ भने यही दिनलाई ‘धरान डे’ का रूपमा परिभाषित गरिएको छ ।

आधुनिक धरान निर्माणमा पुस २० गतेले अहम् भूमिका खेलेको छ । यही सन्दर्भ पारेर धरान उपमहानगरपालिकाले पुस २० गतेदेखि तीन दिनसम्म धरान उत्सव मनाउन लागेको छ । जहाँ धरानका स्थानीय परिकारदेखि लिएर यहाँका जातजातिका झाँकीहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपालमा भएका १ सय २५ जातजातिमध्ये धरानमा ८४ जातजातिको बसोबास रहेको छ । यहाँका स्थानीय परिकारका साथै कृषि उत्पादनलाई पनि उत्सवमा प्रदर्शन गर्न लागिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउन लागिएको छ भने पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नेछन् । त्यसभन्दा अघि सांस्कृतिक झाँकी, र्यालीको आयोजना गरिन लागिएको छ । पब्लिक हाईस्कुलबाट निकालिने झाँकीसहितको र्याली नगर परिक्रमा गर्दै पुनः पब्लिक हाईस्कुलको खेलमैदानमा आइपुग्ने जनाइएको छ ।

उत्सवमा धरानका विभिन्न जातिगत सांस्कृतिक भेषभूषा, गरगहना, जातीय नाच र खानपान, स्थानीय जातिगत झाँकी, विज्ञान प्रदर्शनी आदि गरिनेछ । नगर प्रमुख तिलक राईले भने, ‘हामी धरानको ३ पाने रक्सीलाई ब्रान्डिङ गर्न लागि रहेका छौँ । त्यसको प्रदर्शनी गर्ने तयारीमा छौँ । प्रदर्शनीले स्थानीय रक्सी कसरी उत्पादन हुन्छ । शुद्ध हुन्छ कि हुँदैन भन्ने कुराको सन्देश दिनेछ ।’

उत्सवमा विभिन्न वस्तुहरूको प्रदर्शनीका लागि ७६ वटा स्टलहरू व्यवस्था गरिनेछ । साहसिक खेलअन्तर्गत रहेका प्याराग्लाइडिङमा ३० प्रतिशत र र्याफ्टिङमा २० प्रतिशत छुट दिने जनाइएको छ । दोस्रो दिन बिहान ७ बजे धरानका २० वटै वडा कार्यालय, टोल विकास संस्थाले वडा सरसफाइ गर्ने, सङ्घ-संस्थासहित जिरोपोइन्टदेखि तीनकुनेसम्म सरसफाइ गर्नेछन् ।

त्यस्तै बहुभाषिक कविता गोष्ठी पनि गरिनेछ । कविता गोष्ठीको समन्वय धरान प्रज्ञा प्रतिष्ठानले गर्नेछ । धरानको दीर्घकालीन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । अन्तिम दिन उत्सवको औपचारिक समापनपछि पोखरा र धरानका कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा