बंगलादेशले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित

न्यूजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित

 

काठमाडौं : टेष्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ।
न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्टमा घरेलु टोलीलाई ८ विकेटले पराजित गरेको हो। क्रिकेटका सबै प्रकारका फम्र्याटमा न्यूजील्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो। जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १-० को अग्रता समेत बनाएको छ।

न्यूजिल्याण्डले अन्तिम दिनको खेल ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थाबाट सुरु गरेको थियो। तर बाँकी ५ विकेट न्यूजिल्याण्डले जम्मा २२ रनमा गुमायो। टेष्ट च्याम्पियनसमेत रहेको न्यूजिल्याण्डलाई रोक्ने क्रममा बंगलादेशका बलर इबादर हुसेनले ५६ रन दिएर ६ विकेट लिए। दोस्रो पालीमा ब्याटिङमा उत्रिएको बंगलादेशका लागि जितका लागि जम्मा ४० रन आवश्यक थियो। जसलाई उसले १७ ओभरमा सहजै हासिल गर्‍यो।

यसअघि भएका १५ टेस्ट म्याचमा बंगलादेशले १२ मा पराजय भोगेको थियो भने बाँकी तीन वटा बराबरी भएको थियो। बंगलादेशले अहिलेसम्म देशबाहिर ६१ वटा टेष्ट म्याच खेलेको छ। जसमा यो उसको छैठौं जित हो। यसअघि बंगलादेशले वेष्टइण्डिज, श्रीलंका र जिम्बावेलाई दुई/दुई पटक हराएको थियो।
आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने पाँच वर्ष पछिको यो पहिलो हार हो। सन् २०१७ मा न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग विलिंगटनमा पराजित भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत