पोखरेल नै पुनः दोहोरिने

एमाले मोरङमा नेतृत्वको टुंगो लाग्यो, पोखरेल नै पुनः दोहोरिने

12240985_914723911928693_2147853593776838776_o-1536x1024

झापा। नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेको छ । वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुनः दोहोरिने गरी सहमि भएको एक नेताले बताउनुभयो ।

उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने हुनुभएको हो । उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । ‘नयाँ नेतृत्वको टुंगो लागिसकेको छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भन्नुभयो ।

उपसचिवमा भने केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उहाँ एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बस्नुभएको थियो ।पदाधिकारीमा एक महिला अनिवार्यको व्यवस्था विधानमै रहेपछि उहाँलाई ल्याउने तयारी गरिएको जनाइएको छ । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उहाँलाई उपसचिव बनाउन लागिएको हो ।

उपसचिवमै सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताउनुभयो । जिल्लामा एक सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित