२४ घण्टा नबित्दै

भोलिपल्टै उप्कियो कालोपत्रे, पुनः कालोपत्रे गर्नुपर्ने स्थानीयको माग

झापा। मोरङको कानेपोखरी गाउँपालिका-६ मा २४ घण्टा नबित्दै सडक कालोपत्रे उप्किएको छ । पौडेल चौकदेखि पिङडाडा जोड्ने सडक अघिल्लो दिन पिच गरिएकोमा भोलिपल्टै उप्किएको हो ।कालोपत्रे उप्किएपछि निर्माणमा गुणस्तरहिन काम भएको भन्दै स्थानियले विरोध गरेका छन् । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे भत्केको हो । त्यसपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

शुक्रबार साँझ गरेको कालोपत्रे विहान उप्किएको हो । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताउँछन् । पिच सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले कालोपत्रे गरिएको २४ घण्टा बित्न नपाउदै उप्किएको स्थानिय खगेन्द्र बराईलीले बताए ।

मापदण्ड अनुसार गुणस्तरीय काम नभएकोले स्थानिय तहले प्राविधिसहितको टोली आएर गुणस्तरहिन काम भएको ठाउँमा पुनः निर्माण गरिनुपर्ने स्थानियको माग छ । राम्रोसँग प्राइमर र सवबेस पनि मिलाएर नगर्दा कालोपत्रे उप्किएको स्थानियको भनाई छ ।

कानेपोखरी गाउँपालिका इन्जिनियर रन्जन निरौलाले गुणस्तरीहन काम भएको ठाउँमा ठेक्कदारले पुनः निर्माण गर्नुपर्ने बताए । ‘पिच सडक निर्माणको क्रममा खराबी आएको ठाउँमा भत्काएर पुनः पिच गरिनुपर्दछ । ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः र्ममतको काम हुने उनले बताए ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बिमल निरौलाले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोगले पनि कहिलेकाही समस्या आउने गरेको बताए । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिए सुधार गर्ने उनले बताए ।

पौडेल चौकदेखि पिङडाडासम्म १.७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले पाएको हो । गत वर्ष सम्झौता भएर चालु आर्थिक वर्षको असार मसान्तसम्ममा निमाणर् सम्पन्न गरिनुपर्ने थियो । तर, कोभिड १९ को कारणले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै पाँच महिनाको म्याद थप गरि पुस महिना भित्रमा पिङडाडासम्म पिच सडक बनाइसक्नुपर्ने कानेपोखरी गाउँपालिकासँग भएको सम्झौतामा उल्लेखछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत