दमकका महिला उद्यममा पहिला

दमकका मुश्लिम महिलालाई सिप, आत्मनिर्भर बनाउने लक्ष्य (भिडियो सहित)

दमक/

मुश्लिम महिलाहरु सामाजिक गतिविधिमा अन्य समुदायका महिला भन्दा कम सकृय छन् । अझ रोजगारको क्षेत्रमा त बिरलै मात्र भेट्न सकिन्छ । त्यसैले विभिन्न संसस्थाहरुको सहयोगमा दमकमा रहेका मुश्लिम महिलाहरुलाई सिप सिकाउन थालीएको छ । आर्थीक उपार्जनका साथै समाजमा घुलमिल हुन सहज होस भन्ने उदेश्यले तालिम दिइएको हो ।

सँधै घरकै मात्र काममा सिमित यी महिलाहो हातमा अहिले कपडा काट्ने कैँची, कपडाको साईज नाप्ने फित्ता लगायतका सामाग्री छन् । उनीहरु कपडा सिकाउने तालिममा सहभागी भएका हुन । अहिले उनीहरुले बच्चाको भोटो, महिलाले लगाउने कुर्ती, बाबा सर्ट, बाबा कट्टु, पेटिकोट,पेटे भोटो, काने टोपि,समिज, एप्रोन , चोलो लगायतका पोषाक सिलाउन सिकेका छन् । यहि तालिममा सहभागी रहमती बेगम उमेरले २२ वर्ष पुग्नु भएको छ । उहाँको घरमा ४ जनाको परिवार छ । बुबा र आमा काम गर्न सक्नु हुन्न । एक जना दाजुले घरको आर्थीक भार थेक्दै आउनु भएको छ । त्यसैले उहाँले आफुले चाहेजती पढ्न सक्नु भएको छैन । यहाँ सिलाई कटिङको तालिम सिकेर एक समय यसै सम्बन्न्धीको काम गर्ने र यहाँबाट कमाएको पैसाले आफ्नो पढाइ पुरा गर्ने लक्ष्य रहमतीको छ ।

१८ वर्षकी मुस्कार खातुनको पनि पढ्ने नै उमेर हो । तर घरमा आर्थीक अवस्था कमजोर भएका कारण उहाँले पनि पढ्न सकिरहनु भएको छैन । मुस्कानको परिवारको संख्या ७ जनाको छ । खर्च धेरै छ । आम्दानीका श्रोत ज्यादै कम । त्यसैले घरमा आर्थीक रुपमा केहि मद्यत गर्न सकौ र आफ्नो रोकिएको पढाईलाई निरन्र्ता दिन सकौँ भनेर नै उहाँले पनि सिलाई कटाइको तालिम सिक्नु भएको हो ।

दमकका ६४ जना मुश्लिम महिलाहरुले सिलाई कटाई सम्बन्धीको आधारभूत तालिम लिएका छन् । झापा प्राविधिक शिक्षालायको प्राबिधिक सहयोग, हेल्पीङ हेण्डको आर्थीक सहयोग । वर्क फर नेपालको व्यवस्थापनमा दमकका पिछडीएका तथा मुश्लिम महिलाहरुलाई तालिम दिइएको झापा प्राविधिक शिक्षाकालायका कार्यक्रम संयोजक यूवराज अधिकारीले बताउनु भयो । अहिले दिइएको तालिम आधारभूत मात्रै रहेकोले यसलाई थप सिपयूक्त र बनाउन अर्को एडभान्स तालिम पनि आवश्यक पर्ने भएकोले त्यस खालको तालिम उपलब्ध गराउन पनि आफुहरुले पहल गर्दै गरेको अधिकारीले बताउनु भएको छ ।

दमक नगरपािलकाले यो समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन थप कार्यक्रम ल्याउने नगरी उप प्रमुख गीता अधिकारीले बताउनु भएको छ ।अन्य लक्षीत वर्गहरु नगरपालिकामा आएर आफ्ना कार्यक्रम खोजेर र मागेर पनि सञ्चालन गर्ने गरेको भएपनि मुश्लिम समुदायका महिलाहरुमा यस सम्बन्धीको क्षमता समेत नभएकोले त्यसको बृद्धि विकासमा पनि सहयोग गर्ने उहाँले बताउनु भएको छ ।

दमकका सबै महिलाहरुलाई दमकका महिला उद्यमममा पहिला भन्ने कार्यक्रम नै राखेर उद्यमसिलताको विकासमा अघि बढेको उप प्रमुख अधिकारीको भनाई छ ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।