दमकका महिला उद्यममा पहिला

दमकका मुश्लिम महिलालाई सिप, आत्मनिर्भर बनाउने लक्ष्य (भिडियो सहित)

IMG_20211211_141801

दमक/

मुश्लिम महिलाहरु सामाजिक गतिविधिमा अन्य समुदायका महिला भन्दा कम सकृय छन् । अझ रोजगारको क्षेत्रमा त बिरलै मात्र भेट्न सकिन्छ । त्यसैले विभिन्न संसस्थाहरुको सहयोगमा दमकमा रहेका मुश्लिम महिलाहरुलाई सिप सिकाउन थालीएको छ । आर्थीक उपार्जनका साथै समाजमा घुलमिल हुन सहज होस भन्ने उदेश्यले तालिम दिइएको हो ।

सँधै घरकै मात्र काममा सिमित यी महिलाहो हातमा अहिले कपडा काट्ने कैँची, कपडाको साईज नाप्ने फित्ता लगायतका सामाग्री छन् । उनीहरु कपडा सिकाउने तालिममा सहभागी भएका हुन । अहिले उनीहरुले बच्चाको भोटो, महिलाले लगाउने कुर्ती, बाबा सर्ट, बाबा कट्टु, पेटिकोट,पेटे भोटो, काने टोपि,समिज, एप्रोन , चोलो लगायतका पोषाक सिलाउन सिकेका छन् । यहि तालिममा सहभागी रहमती बेगम उमेरले २२ वर्ष पुग्नु भएको छ । उहाँको घरमा ४ जनाको परिवार छ । बुबा र आमा काम गर्न सक्नु हुन्न । एक जना दाजुले घरको आर्थीक भार थेक्दै आउनु भएको छ । त्यसैले उहाँले आफुले चाहेजती पढ्न सक्नु भएको छैन । यहाँ सिलाई कटिङको तालिम सिकेर एक समय यसै सम्बन्न्धीको काम गर्ने र यहाँबाट कमाएको पैसाले आफ्नो पढाइ पुरा गर्ने लक्ष्य रहमतीको छ ।

१८ वर्षकी मुस्कार खातुनको पनि पढ्ने नै उमेर हो । तर घरमा आर्थीक अवस्था कमजोर भएका कारण उहाँले पनि पढ्न सकिरहनु भएको छैन । मुस्कानको परिवारको संख्या ७ जनाको छ । खर्च धेरै छ । आम्दानीका श्रोत ज्यादै कम । त्यसैले घरमा आर्थीक रुपमा केहि मद्यत गर्न सकौ र आफ्नो रोकिएको पढाईलाई निरन्र्ता दिन सकौँ भनेर नै उहाँले पनि सिलाई कटाइको तालिम सिक्नु भएको हो ।

दमकका ६४ जना मुश्लिम महिलाहरुले सिलाई कटाई सम्बन्धीको आधारभूत तालिम लिएका छन् । झापा प्राविधिक शिक्षालायको प्राबिधिक सहयोग, हेल्पीङ हेण्डको आर्थीक सहयोग । वर्क फर नेपालको व्यवस्थापनमा दमकका पिछडीएका तथा मुश्लिम महिलाहरुलाई तालिम दिइएको झापा प्राविधिक शिक्षाकालायका कार्यक्रम संयोजक यूवराज अधिकारीले बताउनु भयो । अहिले दिइएको तालिम आधारभूत मात्रै रहेकोले यसलाई थप सिपयूक्त र बनाउन अर्को एडभान्स तालिम पनि आवश्यक पर्ने भएकोले त्यस खालको तालिम उपलब्ध गराउन पनि आफुहरुले पहल गर्दै गरेको अधिकारीले बताउनु भएको छ ।

दमक नगरपािलकाले यो समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन थप कार्यक्रम ल्याउने नगरी उप प्रमुख गीता अधिकारीले बताउनु भएको छ ।अन्य लक्षीत वर्गहरु नगरपालिकामा आएर आफ्ना कार्यक्रम खोजेर र मागेर पनि सञ्चालन गर्ने गरेको भएपनि मुश्लिम समुदायका महिलाहरुमा यस सम्बन्धीको क्षमता समेत नभएकोले त्यसको बृद्धि विकासमा पनि सहयोग गर्ने उहाँले बताउनु भएको छ ।

दमकका सबै महिलाहरुलाई दमकका महिला उद्यमममा पहिला भन्ने कार्यक्रम नै राखेर उद्यमसिलताको विकासमा अघि बढेको उप प्रमुख अधिकारीको भनाई छ ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।