एकताको लहरले विश्व जित्न सकिन्छ

स्वीकारोक्ति विश्व यात्रा २०२४ को कार्यक्रम समापन

अमेरिका, ३१ भदौ ।  स्वीकारोक्ति फाउण्डेशनद्वारा आयोजित ‘स्वीकारोक्ति विश्व यात्रा २०२४’ कार्यक्रम समापन भएको छ ।

 

भोकमरी निर्मूल गर्नु र मानवीय एकताको सन्देश फैलाउने मुख्य उद्धेश्य राखेर सञ्चालन गरिएको कार्यक्रमले ‘एकताको लहरले विश्व जित्न सकिन्छ’ भन्ने सन्देशलाई मनको गहिराइसम्म पु¥याउन सफल भएको विश्वास गरिएको छ ।

 

 

अभियान समापनका अवसरमा क्यानडामा दुई दिने कार्यक्रम भयो । समापन कार्यक्रममा स्वीकारोक्ति फाउन्डेशन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भावसहित खुशी, शान्ति र सद्भाव फैलाउने विशेष उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो । गुरुङले स्वीकारोक्ति दर्शन र सकारात्मक सोचको महत्वबारे प्रकाश पार्नुभयो ।

 

 

कार्यक्रममा स्वीकारोक्ति फाउन्डेशनका प्रतिपादक एवम् संस्थापक डेन्जम साम्पाङले स्वीकारोक्ति दर्शन र यसको महत्वबारे गहिरो विमर्श गर्नुभयो । स्वीकारोक्तिको भूमिका र दर्शनबारे गम्भीर विमर्श गर्ने क्रममा सुसन माझीले ‘स्वीकारोक्तिको भूमिका परिवार र समाजमा रहेको’ विषयमा विमर्श प्रस्तुत गर्नुभयो ।
नारद खरेल ‘निडर’ले स्वागत गर्दै अतिथिहरूलाई खादा लगाएर सम्मान गरेपछि रोहित खरेलले कार्यक्रम सफल पार्ने सम्पूर्ण पक्षलाई आभार व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।

 

 

लेखक राज बरालले ‘स्वीकारोक्तिः द्वन्द्व निरुपणको सास्वत सिद्धान्त र अन्तिम सत्य’ विषयमा चर्चा गर्नुभयो । आभाष रिखामले युवामा शिक्षा र स्वीकारोक्तिको भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभयो । भद्रवाज सरगमले संस्कृति र पहिचानबारे छोटो मन्तव्य राख्नु भयो । साहित्यकार तथा समाजसेवी ओम गोर्खाली अधिकारीले ‘वर्तमान सन्दर्भमा साहित्यको भूमिका’ बारे विचार व्यक्त गर्नुभयो ।

 

 

गायक किरण गजमेरले ‘देखेर तिमीलाई’ ‘छोडी हिँडेउ’ गीतले मन्त्रमुग्ध पार्नुभयो । रमेश देशारले ‘नयाँ मुना–मदन’ नाटक प्रस्तुत गर्नुभयो । जसलाई गीतसहित सम्पन्न गरियो । कमल कार्की र सुबास प्याकुरेलले ‘सिरानमा फोटो छ’ बोलको गीत प्रस्तुत गर्नुभयो ।
सन्तोष राईले ‘हङकङ पोखरा’ गीत प्रस्तुत गर्दा कर्ण गुरुङसहितबाट विशेष नृत्य प्रस्तुत भयो । सुवास प्याकुरेलले ‘साथी’ ¥याप गीत प्रस्तुत गरेर दर्शकहरूलाई रमाइलो माहोलमा ल्याउनुभयो। कमल कार्कीले ‘जोमसोमै बजारमा’ गीत प्रस्तुत गरेर दर्शकलाई उसैगरी तरंगित पार्नुभयो ।

 

कृषा खरेलले कलात्मक प्रस्तुति दिनुभयो भने रविन साम्पाङले बान्तावा कविता वाचन गर्नुभयो । जसको नेपाली अनुवाद पनि गरियो । नारद खरेल, लक्की रासी र नारद खरेलले कविता प्रस्तुत गर्नुभयो । खरेलको ‘बालक’ कवितामा सात जना बालबालिकाहरूले सहभागिता जनाएका थिए । खरेलले कविता ‘कालो जुम्रो’ पनि वाचन गर्नुभयो ।

 

विश्व भूटानी साहित्य मञ्चका महासचिव पातलो अन्तरले कार्यक्रमको सञ्चालन गर्दै अभियानका क्रममा नेपालको काठमाडौ, झापा, भारतको आसाम तथा युरोप र अमेरिकाका विभिन्न ठाउँमा सन् २०२४ मा कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,