नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु भएको छ । जेनजिहरुका माग र आवाज सार्थक र समय सान्दर्भिक भएपनी त्यसपछिका गतिविधि र व्यवहारका कारण देश नै तहस नहस भएपछि परिस्थिति असामान्य र असुरक्षित बनेको उहाले बताउनु भएको हो ।

मंगलबार झापाको दमकमा यहाका सकृय सन्चारकर्मीहरुसगको अन्तरक्रियामा उहाले भन्नू भयो तर अब हामी असुरक्षित भयो र यसै बस्ने भन्दा पनि अब आफ्नो सुरक्षा कसरी गर्ने भन्नेबारेमा सबै सचेत हुन आवश्यक रहेको पनि उहाले उल्लेख गर्नु भयो । यहि सन्दर्भमा अब जनताको सुरक्षा गर्न भन्दै झापामा २ सय जनाको नया फोर्स तयार भएको र त्यसले नागरिकको सुरक्षामा प्रहरी प्रशासनसग समन्वय गरि कानुनी दायरामा रहि काम गर्ने जानकारी दिनुभयो ।

यस्तै उहाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाकालागी पार्टीकै तहबाट तीन घेरामा सुरक्षा प्रबन्ध मिलाईएको समेत सो अबसरमा जानकारी गराउनु भयो । पुर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीको निर्वाचन क्षेत्र समेत रहेको दमकका पत्रकारले पार्टी अध्यक्षको सुरक्षाको प्रबन्ध कस्तो छ भनी सोधेको प्रश्नको जवाफ दिदै उहाले भन्ने भयो “ उहाकालागी सुरक्षाका घेरा तयार गरिएको छ । ढुक्क हुनुस यस क्षेत्रका प्रतिनिधि , देशका सर्वोच्च नेता केपी ओलीको सुरक्षामा पार्टी र युवा पंक्तिले कुनै कसुर बाकी राखेको छैन ।

उहासगको अन्तरक्रियामा दमकका पत्रकारहरुले जेन जि आन्दोलन र त्यसपछिको परिस्थिति र अब एमालेको कार्यदिशाबारे समेत जिज्ञासा राखेको थिए । यस सन्दर्भमा उहाले जेन जि आन्दोलन पछि जनताको पक्षमा कुनै दल छ भने त्यो नेकपा एमाले नै रहेको भन्दै आफ्नो दावी प्रस्तुत गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका