नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु भएको छ । जेनजिहरुका माग र आवाज सार्थक र समय सान्दर्भिक भएपनी त्यसपछिका गतिविधि र व्यवहारका कारण देश नै तहस नहस भएपछि परिस्थिति असामान्य र असुरक्षित बनेको उहाले बताउनु भएको हो ।

मंगलबार झापाको दमकमा यहाका सकृय सन्चारकर्मीहरुसगको अन्तरक्रियामा उहाले भन्नू भयो तर अब हामी असुरक्षित भयो र यसै बस्ने भन्दा पनि अब आफ्नो सुरक्षा कसरी गर्ने भन्नेबारेमा सबै सचेत हुन आवश्यक रहेको पनि उहाले उल्लेख गर्नु भयो । यहि सन्दर्भमा अब जनताको सुरक्षा गर्न भन्दै झापामा २ सय जनाको नया फोर्स तयार भएको र त्यसले नागरिकको सुरक्षामा प्रहरी प्रशासनसग समन्वय गरि कानुनी दायरामा रहि काम गर्ने जानकारी दिनुभयो ।

यस्तै उहाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाकालागी पार्टीकै तहबाट तीन घेरामा सुरक्षा प्रबन्ध मिलाईएको समेत सो अबसरमा जानकारी गराउनु भयो । पुर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीको निर्वाचन क्षेत्र समेत रहेको दमकका पत्रकारले पार्टी अध्यक्षको सुरक्षाको प्रबन्ध कस्तो छ भनी सोधेको प्रश्नको जवाफ दिदै उहाले भन्ने भयो “ उहाकालागी सुरक्षाका घेरा तयार गरिएको छ । ढुक्क हुनुस यस क्षेत्रका प्रतिनिधि , देशका सर्वोच्च नेता केपी ओलीको सुरक्षामा पार्टी र युवा पंक्तिले कुनै कसुर बाकी राखेको छैन ।

उहासगको अन्तरक्रियामा दमकका पत्रकारहरुले जेन जि आन्दोलन र त्यसपछिको परिस्थिति र अब एमालेको कार्यदिशाबारे समेत जिज्ञासा राखेको थिए । यस सन्दर्भमा उहाले जेन जि आन्दोलन पछि जनताको पक्षमा कुनै दल छ भने त्यो नेकपा एमाले नै रहेको भन्दै आफ्नो दावी प्रस्तुत गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय