अरुण नदीले सगरमाथा अग्ल्याइरहेछ

एजेन्सी, १५ असोज  अरुण नदीका कारणले विश्वकै अग्लो स्थल सगरमाथा हिमाल अग्लिएको एक नयाँ अध्ययनले जनाएको छ ।

 

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का शोधकर्ताहरूले ७५ किलोमिटर टाढा रहेको अरुण नदीले गरिरहेको भूक्षयले सगरमाथाको उचाई प्रति वर्ष २ मिलिमिटरले बढाइरहेको पत्ता लगाएका हुन् । जसका कारण हालसम्म सगरमाथा १०-१५ मिटर अग्लो भएको देखाएको छ । नदीका कारणले यसको आधारको सतहमा रहेको माटो र ढुंगालाई क्षय गराएर यसलाई अझ माथि धकेलिरहेको अध्ययनले बताएको छ । ‘यो एउटा जहाजबाट सामान फ्याँक्नुजस्तै हो,’ अध्ययनका सह-लेखक एडम स्मिथले बीबीसीसँग भन्नुभयो , ‘जब जहाज हलुका हुन्छ, त्यो अलि माथि तैरिन्छ । त्यसरी नै जब पृथ्वीको सतह ‘क्रस्ट’ हलुका हुन्छ, त्यो पनि अलि माथि तैरिन्छ ।’

 

इन्डियन र युरेसियन प्लेटबिच ४ देखि ५ करोड वर्षअघि भएको टक्कर र घर्षणबाट हिमालय बनेको थियो । यही कारणले अझै पनि हिमालयको उचाइ बढ्दो छ ।

 

तर, अरुण नदीको सञ्जाल पनि सगरमाथाको उचाइ बढ्नुमा सहायक कारण बनेको यूसीएलको टोलीको दाबी छ । हिमालयबाट बग्ने यो नदीले पृथ्वीको सतहमा रहेका माटो र ढुंगा बगाउँछ । यसले पृथ्वीको सतहभन्दा तल रहेको ‘म्यानटल’ माथि दबाब कम हुन्छ । यसले उसलाई माथि तैरिन सजिलो हुन्छ ।

 

 

यो प्रक्रियालाई ‘आइसोस्टाटिक रिबाउन्ड’ भनिएको छ । यो अध्ययन नेचर जियोसाइन्समा प्रकाशित गरिएको छ । अध्ययनमा अरुण नदीले सगरमाथा मात्र नभएर ल्होत्से र मकालुको उचाइ पनि बढाइरहेको उल्लेख छ । (बीबीसी)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सगरमाथा सहितका हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु

काठमाडौं,१६ जेठ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा लगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई

कृषि बजेटप्रति कृषि अभियन्ता नेपालको असन्तुष्टि

काठमाडौं,१६ जेठ । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले नीति तथा कार्यक्रममा व्यक्त गरिएका कृषि प्राथमिकतालाई पर्याप्त रूपमा

सुरक्षित समाज निर्माणका लागि महिला माथि हुने विभेद अन्त्य हुनुपर्छः राष्ट्रपति

काठमाडौं,१६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिला माथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका

लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः सभामुख अर्याल

काठमाडौं,१६ जेठ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लब जस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भएको छ। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको

ऊर्जा क्षेत्रमा बजेट सकारात्मक तर दीर्घकालीन लक्ष्यमा अस्पष्ट भएको दुलालको दाबी

काठमाडौं,१६ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटले ऊर्जा क्षेत्रका लागि

मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा रेखा थापा नियुक्त

काठमाडौँ,१६ जेठ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित हुनु भएको छ। अस्पताल र अभिनेत्री थापाबीच आगामी एक