अरुण नदीले सगरमाथा अग्ल्याइरहेछ

एजेन्सी, १५ असोज  अरुण नदीका कारणले विश्वकै अग्लो स्थल सगरमाथा हिमाल अग्लिएको एक नयाँ अध्ययनले जनाएको छ ।

 

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का शोधकर्ताहरूले ७५ किलोमिटर टाढा रहेको अरुण नदीले गरिरहेको भूक्षयले सगरमाथाको उचाई प्रति वर्ष २ मिलिमिटरले बढाइरहेको पत्ता लगाएका हुन् । जसका कारण हालसम्म सगरमाथा १०-१५ मिटर अग्लो भएको देखाएको छ । नदीका कारणले यसको आधारको सतहमा रहेको माटो र ढुंगालाई क्षय गराएर यसलाई अझ माथि धकेलिरहेको अध्ययनले बताएको छ । ‘यो एउटा जहाजबाट सामान फ्याँक्नुजस्तै हो,’ अध्ययनका सह-लेखक एडम स्मिथले बीबीसीसँग भन्नुभयो , ‘जब जहाज हलुका हुन्छ, त्यो अलि माथि तैरिन्छ । त्यसरी नै जब पृथ्वीको सतह ‘क्रस्ट’ हलुका हुन्छ, त्यो पनि अलि माथि तैरिन्छ ।’

 

इन्डियन र युरेसियन प्लेटबिच ४ देखि ५ करोड वर्षअघि भएको टक्कर र घर्षणबाट हिमालय बनेको थियो । यही कारणले अझै पनि हिमालयको उचाइ बढ्दो छ ।

 

तर, अरुण नदीको सञ्जाल पनि सगरमाथाको उचाइ बढ्नुमा सहायक कारण बनेको यूसीएलको टोलीको दाबी छ । हिमालयबाट बग्ने यो नदीले पृथ्वीको सतहमा रहेका माटो र ढुंगा बगाउँछ । यसले पृथ्वीको सतहभन्दा तल रहेको ‘म्यानटल’ माथि दबाब कम हुन्छ । यसले उसलाई माथि तैरिन सजिलो हुन्छ ।

 

 

यो प्रक्रियालाई ‘आइसोस्टाटिक रिबाउन्ड’ भनिएको छ । यो अध्ययन नेचर जियोसाइन्समा प्रकाशित गरिएको छ । अध्ययनमा अरुण नदीले सगरमाथा मात्र नभएर ल्होत्से र मकालुको उचाइ पनि बढाइरहेको उल्लेख छ । (बीबीसी)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।