भूगोल मात्रै होइन राष्ट्रयिता

तेस्रो मुलुकबाट सृजनामा देश बचाउँदै हरि उप्रेतीहरु

अमेरिका, १६ असोज /  तेस्रो मुलुक पुनर्वास कार्यक्रमले अमेरिका, युरोप लगायतका ८ मुलुकमा पुर्याएका नेपालीभाषी भूटानी सर्जकहरुले आफ्ना पीडालाई सृजनामा उतारेर सो समुदायको उर्जा भर्ने काम गरिरहेका छन् ।

 

त्यसैमध्येका एकजना निकै सक्रिय अगुवा सर्जक हरि उप्रेतीले आफ्नो नयाँ गीत ‘फिक्का लाग्छ’ को म्युजिक भिडियो सार्वजनिक गर्दै गीतसंगीत मार्फत सन्देश प्रवाह गर्नुभएको छ । यो गीत उप्रेतीकै अफिसियल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भीम ढकाल र अनु चौधरीको स्वर रहेको गीतलाई विशाल निरौलाले संगीतवद्ध गर्नुभएको हो । प्रहिल कार्कीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठको सशक्त अभिनयले गीतलाई थप जीवन्त बनाएको छ ।

 

गीतले एक प्रेमिल जोडीको भावनात्मक यात्रा प्रस्तुत गरेको छ, जहाँ उनीहरू बीचको प्रेम, चाहना र भावनालाई गीतकार उप्रेतीले निकै मार्मिक ढङ्गले व्यक्त गर्नु भएको छ । सानो असमझदारीले ठूला दुर्घटनाहरू निम्त्याउन सक्छ भन्ने सन्देश पनि गीतमार्फत व्यक्त गरिएको छ ।

 

अमेरिकामा बस्दै आउनु भएका हरि उप्रेती नेपाली गीतसंगीतको क्षेत्रमा एक चर्चित नाम हो । डेढ दशकदेखि प्रवासमा रहेर नेपाली भाषा र संगीतलाई संरक्षण र प्रवद्र्धन गर्न महत्वपूणर् योगदान पुर्‍याइरहनु भएको छ । उप्रेतीले यसअघि चारवटा गीति एल्बम बजारमा ल्याइसक्नु भएको छ भने डेढ दर्जन चलचित्रका लागि गीत लेख्नु भएको छ । उहाँका दर्जनौँ गीतहरू विभिन्न यूट्यूब च्यानलमार्फत सार्वजनिक भएका छन् ।

 

आजकल, लुकी छिपी, यो मन, तीजै आयो, तिमी राधा हुनु मेरी, मुटु जलाई जलाई, लोकदोरी गीत बनैको चरी, भजन प्रभु वन्दना, कहाँ छन प्रभु जस्ता उहाँका गीती खुराकहरु लोकप्रिय छन् ।

 

उप्रेतीले सातौं म्युजिक खबर म्युजिक अवार्ड, ग्लोबल नेपाली फिल्म म्युजिक अवार्ड, छायाँछवी म्युजिक अवार्डलगायतका दर्जनौं अवार्ड प्राप्त गरिसक्नु भएको छ । उहाँले २०७७ सालमा गीतकार संघ नेपालबाट डायस्पोरा गीतकारको सम्मान पाउनु भएको थियो भने सामाजिक सेवामा योगदान पुर्‍याए बापत २०१८ मा प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानबाट राष्ट्रिय सम्मान प्राप्त गरेर आफूलाई थप उर्जाशील बनाउने अवसर पाउनु भयो ।

 

उप्रेतीको गजल संग्रह ‘गुनासो’ पनि पाठकमाझ लोकप्रिय रहेको छ । उहाँ आफ्ना सशक्त शब्दमार्फत जीवन दर्शन प्रस्तुत गर्न माहिर रहनु भएको छ । उहाँ उस्तै सुन्दर कविता समेत लेख्नु हुन्छ । उहाँ परदेशमा रहेर नेपाली साहित्य र कलाका कार्यक्रममा लगानी समेत गरेर नेपालीपन जोगाउने प्रयत्न गरिरहनु भएको छ ।

 

भूगोल मात्रै पनि राष्ट्रियता होइन रहेछ । जो जहाँ जहाँ रहेपनि त्यहाँ आफ्नोपन बचाउनु चाँही राष्ट्रियता संरक्षणको ठूलो कुरा बन्ने रहेछ । आफ्नो देश फर्किन नपाउनेस्थितीको नियति भोगिरहनु परेको पीडाले नेपालीभाषी भुटानीहरुबाट यसखाले सृजना हुनु कम्तिमा पनि सृजनामा भाषा, साहित्य, कला र संस्कृतिको देश बचाइरहने महत्वपूणर् काम मान्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका