भूगोल मात्रै होइन राष्ट्रयिता

तेस्रो मुलुकबाट सृजनामा देश बचाउँदै हरि उप्रेतीहरु

अमेरिका, १६ असोज /  तेस्रो मुलुक पुनर्वास कार्यक्रमले अमेरिका, युरोप लगायतका ८ मुलुकमा पुर्याएका नेपालीभाषी भूटानी सर्जकहरुले आफ्ना पीडालाई सृजनामा उतारेर सो समुदायको उर्जा भर्ने काम गरिरहेका छन् ।

 

त्यसैमध्येका एकजना निकै सक्रिय अगुवा सर्जक हरि उप्रेतीले आफ्नो नयाँ गीत ‘फिक्का लाग्छ’ को म्युजिक भिडियो सार्वजनिक गर्दै गीतसंगीत मार्फत सन्देश प्रवाह गर्नुभएको छ । यो गीत उप्रेतीकै अफिसियल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भीम ढकाल र अनु चौधरीको स्वर रहेको गीतलाई विशाल निरौलाले संगीतवद्ध गर्नुभएको हो । प्रहिल कार्कीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठको सशक्त अभिनयले गीतलाई थप जीवन्त बनाएको छ ।

 

गीतले एक प्रेमिल जोडीको भावनात्मक यात्रा प्रस्तुत गरेको छ, जहाँ उनीहरू बीचको प्रेम, चाहना र भावनालाई गीतकार उप्रेतीले निकै मार्मिक ढङ्गले व्यक्त गर्नु भएको छ । सानो असमझदारीले ठूला दुर्घटनाहरू निम्त्याउन सक्छ भन्ने सन्देश पनि गीतमार्फत व्यक्त गरिएको छ ।

 

अमेरिकामा बस्दै आउनु भएका हरि उप्रेती नेपाली गीतसंगीतको क्षेत्रमा एक चर्चित नाम हो । डेढ दशकदेखि प्रवासमा रहेर नेपाली भाषा र संगीतलाई संरक्षण र प्रवद्र्धन गर्न महत्वपूणर् योगदान पुर्‍याइरहनु भएको छ । उप्रेतीले यसअघि चारवटा गीति एल्बम बजारमा ल्याइसक्नु भएको छ भने डेढ दर्जन चलचित्रका लागि गीत लेख्नु भएको छ । उहाँका दर्जनौँ गीतहरू विभिन्न यूट्यूब च्यानलमार्फत सार्वजनिक भएका छन् ।

 

आजकल, लुकी छिपी, यो मन, तीजै आयो, तिमी राधा हुनु मेरी, मुटु जलाई जलाई, लोकदोरी गीत बनैको चरी, भजन प्रभु वन्दना, कहाँ छन प्रभु जस्ता उहाँका गीती खुराकहरु लोकप्रिय छन् ।

 

उप्रेतीले सातौं म्युजिक खबर म्युजिक अवार्ड, ग्लोबल नेपाली फिल्म म्युजिक अवार्ड, छायाँछवी म्युजिक अवार्डलगायतका दर्जनौं अवार्ड प्राप्त गरिसक्नु भएको छ । उहाँले २०७७ सालमा गीतकार संघ नेपालबाट डायस्पोरा गीतकारको सम्मान पाउनु भएको थियो भने सामाजिक सेवामा योगदान पुर्‍याए बापत २०१८ मा प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानबाट राष्ट्रिय सम्मान प्राप्त गरेर आफूलाई थप उर्जाशील बनाउने अवसर पाउनु भयो ।

 

उप्रेतीको गजल संग्रह ‘गुनासो’ पनि पाठकमाझ लोकप्रिय रहेको छ । उहाँ आफ्ना सशक्त शब्दमार्फत जीवन दर्शन प्रस्तुत गर्न माहिर रहनु भएको छ । उहाँ उस्तै सुन्दर कविता समेत लेख्नु हुन्छ । उहाँ परदेशमा रहेर नेपाली साहित्य र कलाका कार्यक्रममा लगानी समेत गरेर नेपालीपन जोगाउने प्रयत्न गरिरहनु भएको छ ।

 

भूगोल मात्रै पनि राष्ट्रियता होइन रहेछ । जो जहाँ जहाँ रहेपनि त्यहाँ आफ्नोपन बचाउनु चाँही राष्ट्रियता संरक्षणको ठूलो कुरा बन्ने रहेछ । आफ्नो देश फर्किन नपाउनेस्थितीको नियति भोगिरहनु परेको पीडाले नेपालीभाषी भुटानीहरुबाट यसखाले सृजना हुनु कम्तिमा पनि सृजनामा भाषा, साहित्य, कला र संस्कृतिको देश बचाइरहने महत्वपूणर् काम मान्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा