महासचिव पोखरेल

पहिलेका शोषक अहिलेका शासक : महासचिव पोखरेल

 

झापा/
एमालेका महासचिव शंकर पोखरेलले जनतालाई शोषण गर्ने नै अहिले शासक भएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी एमाले पर्साको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मंगलबार वीरगन्जमा यस्तो बताएका हुन्।
एमालेका प्रभावशाली नेता मध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली पर्सामा आएर फर्किएको १९ दिन कटन नपाउँदै यहाँ आइपुगेका महासचिव पोखरेलले पहिलेका जमीनदार र शोषक अहिले गठबन्धन सत्ताका शासक भएको बताए।

एमालेलाई गाली गरेर ०६२-०६३ साल यता सांसद बनेका मधेशबादी दलका अधिकांश नेता मन्त्री बने। तर मधेशको विकासको सट्टा पहिले काठमाडौंलाई घृणा गरेर गाली उनीहरु सबैले अहिले काठमाण्डौमा बंगला बनाउने बाहेक अरु प्रगति नगरेको तर्क गरे।
एमालेले भने अध्यक्ष केपी ओलीकै अगुवाईमा हुलाकी राजमार्ग जस्तो मधेशको लाइफ लाइनको निर्माणलाई अगाडी बढाएको महासचिव पोखरेलले बताए। भारतले बनाइदिने भनी २३ बर्ष अल्झाएर राखेको यो हुलाकी राजमार्ग भारत भ्रमणमा रहेका समयमा अध्यक्ष ओलीले आफैं बनाउँछौं भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधा कुरा गरी निर्माण गर्दा अहिले सम्पन्नताको नजिक पुगेको पनि उनले उदाहरण दिए।

मधेशमा विकासको रुप रंग फेर्ने अठोट गरी एडीबीको सहयोगमा भए पनि तराईका हरेक सदरमुकाम हेर्ने लायक शहर बनाउन प्रत्येक बर्ष ५० करोडका दरले बजेट विनियोजन गर्न एमाले नेतृत्वकै सरकारले सुरु गरेको छ। तराई मधेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत एमालेले १ हजार ४ सय विकास निर्माणका योजना थालनी गरे पनि परमादेशबाट बनेको गठबन्धन सरकारले ती योजना बन्द नै गरी मधेसलाई उपेक्षा गरेको महासचिव पोखरेलको दावी छ। ती योजना अगाडी बढे एमालेले जनताको बढि माया पाउने ठानी परमादेशी सरकारले बन्दै गरेको उनको जिकिर छ।

यति मात्र नभई मधेशको समुन्नतिको लागि सिंचाईको ठोस प्रबन्ध गर्न भेरी नदीको पानी बबइमा झारेर बर्दिया, बाँके कैलाली कन्चनपुर तर्फ र सुनकोशीको पानी डाइभर्सन गरी सुरुङ्गबाट बागमतीमा झारेर पर्सा, बारा, रौतहट र सलाईको अपार भू-सतहलाई बाह्है महिना सिंचाइ गर्न मिल्ने गरी दीर्घकालिन योजना एमाले नेतृत्वको सरकारले सुरु गरिसकेको छ। देशमा पूर्व पश्चिम एउटा महेन्द्र राजमार्ग मात्र रहेकोमा राष्ट्रिय गौरबका ४ वटा लोकमार्ग एमालेकै भिजनमा बन्दै गरेको उनको भनाइ छ।

यो देखेर जनताको काम नगर्ने अरु पार्टी र देशी विदेशी शक्तिले एमालेले केही बर्ष काम गर्न पाए कायापलट गर्ने रहेछ भनी अगालिएर पार्टी भित्रकै खराब तत्वलाई उचाली एमाले नेतृत्वको सरकारलाई काम गर्न नदिएको उनको दलिल छ। महासचिव पोखरेलले पार्टी भित्र भाँडभैलो मच्चाउने माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड कम्यूनिष्ट आन्दोलनका गद्दार र दक्षिणपन्थी मतियार रहेको पनि दावी गरे।

एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले एमालेको छैठौं सातौं महाधिवेशनबाट नै अहिलेका पार्टी अध्यक्ष केपी ओली नेतृत्वमा आएको भने पार्टी र देशको अहिलेसम्म कायापलट भइसक्ने तर्क गरे।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न