महासचिव पोखरेल

पहिलेका शोषक अहिलेका शासक : महासचिव पोखरेल

 

झापा/
एमालेका महासचिव शंकर पोखरेलले जनतालाई शोषण गर्ने नै अहिले शासक भएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी एमाले पर्साको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मंगलबार वीरगन्जमा यस्तो बताएका हुन्।
एमालेका प्रभावशाली नेता मध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली पर्सामा आएर फर्किएको १९ दिन कटन नपाउँदै यहाँ आइपुगेका महासचिव पोखरेलले पहिलेका जमीनदार र शोषक अहिले गठबन्धन सत्ताका शासक भएको बताए।

एमालेलाई गाली गरेर ०६२-०६३ साल यता सांसद बनेका मधेशबादी दलका अधिकांश नेता मन्त्री बने। तर मधेशको विकासको सट्टा पहिले काठमाडौंलाई घृणा गरेर गाली उनीहरु सबैले अहिले काठमाण्डौमा बंगला बनाउने बाहेक अरु प्रगति नगरेको तर्क गरे।
एमालेले भने अध्यक्ष केपी ओलीकै अगुवाईमा हुलाकी राजमार्ग जस्तो मधेशको लाइफ लाइनको निर्माणलाई अगाडी बढाएको महासचिव पोखरेलले बताए। भारतले बनाइदिने भनी २३ बर्ष अल्झाएर राखेको यो हुलाकी राजमार्ग भारत भ्रमणमा रहेका समयमा अध्यक्ष ओलीले आफैं बनाउँछौं भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधा कुरा गरी निर्माण गर्दा अहिले सम्पन्नताको नजिक पुगेको पनि उनले उदाहरण दिए।

मधेशमा विकासको रुप रंग फेर्ने अठोट गरी एडीबीको सहयोगमा भए पनि तराईका हरेक सदरमुकाम हेर्ने लायक शहर बनाउन प्रत्येक बर्ष ५० करोडका दरले बजेट विनियोजन गर्न एमाले नेतृत्वकै सरकारले सुरु गरेको छ। तराई मधेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत एमालेले १ हजार ४ सय विकास निर्माणका योजना थालनी गरे पनि परमादेशबाट बनेको गठबन्धन सरकारले ती योजना बन्द नै गरी मधेसलाई उपेक्षा गरेको महासचिव पोखरेलको दावी छ। ती योजना अगाडी बढे एमालेले जनताको बढि माया पाउने ठानी परमादेशी सरकारले बन्दै गरेको उनको जिकिर छ।

यति मात्र नभई मधेशको समुन्नतिको लागि सिंचाईको ठोस प्रबन्ध गर्न भेरी नदीको पानी बबइमा झारेर बर्दिया, बाँके कैलाली कन्चनपुर तर्फ र सुनकोशीको पानी डाइभर्सन गरी सुरुङ्गबाट बागमतीमा झारेर पर्सा, बारा, रौतहट र सलाईको अपार भू-सतहलाई बाह्है महिना सिंचाइ गर्न मिल्ने गरी दीर्घकालिन योजना एमाले नेतृत्वको सरकारले सुरु गरिसकेको छ। देशमा पूर्व पश्चिम एउटा महेन्द्र राजमार्ग मात्र रहेकोमा राष्ट्रिय गौरबका ४ वटा लोकमार्ग एमालेकै भिजनमा बन्दै गरेको उनको भनाइ छ।

यो देखेर जनताको काम नगर्ने अरु पार्टी र देशी विदेशी शक्तिले एमालेले केही बर्ष काम गर्न पाए कायापलट गर्ने रहेछ भनी अगालिएर पार्टी भित्रकै खराब तत्वलाई उचाली एमाले नेतृत्वको सरकारलाई काम गर्न नदिएको उनको दलिल छ। महासचिव पोखरेलले पार्टी भित्र भाँडभैलो मच्चाउने माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड कम्यूनिष्ट आन्दोलनका गद्दार र दक्षिणपन्थी मतियार रहेको पनि दावी गरे।

एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले एमालेको छैठौं सातौं महाधिवेशनबाट नै अहिलेका पार्टी अध्यक्ष केपी ओली नेतृत्वमा आएको भने पार्टी र देशको अहिलेसम्म कायापलट भइसक्ने तर्क गरे।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो