अध्यक्षमा भण्डारीको अग्रता, चौधरी निरिह

एमाले सुनसरीको जारी मतगणना स्थगित

झापा  /

नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित भएको छ । निर्वाचन कमिटीले चिसोका कारण भोलि विहान सम्मका लागि मत गणना स्थगित गरिएको जनाएको छ ।

मूख्य निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार आजलाई स्थगित मत गणना भोलि विहान १०ः३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७५ मत गनिएको छ ।

१ सय ७४ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन । उनले ८७ मत प्राप्त गर्दा प्रत्यासी खेमराज पोखरेलले ७६ मत ल्याएका छन । द्वारिकलाल चौधरीले भने अहिले सम्म मात्र १० मत पाएका छन ।

उनी गणनाको सुरुवाती चरण देखिनै भण्डारी र पोखरेल भन्दा निकै पछि परेका थिए । अध्यक्ष तर्फ १ मत बदर भएको छ ।त्यसैगरी उपाध्यक्ष तर्फ निलम खनालले १ सय २ मत ल्याएका छन भने नन्द बस्नेतले ६५ मत ल्याएका छन ।

निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपसचिवमा राम कोइरालाले ८९, योग्यराज खड्काले ५३, अञ्जनी पोखरेलले ५३, लोकेश निरौलाले ५२,अर्जुन गहतराजले २८ , पदम लिम्बुले ३६ र लहरु जिमीले १६ र मत ल्याएका छन ।

हिजो इनरुवा खेल मैदानमा सम्पन्न मतदानमा कुल मतदाता २ हजार १ सय ५० मध्ये १ हजार ८ सय ५ जनाले मत खसालेका थिए । एमाले सुनसरीको पदाधिकारी तर्फ अध्यक्ष, उपाध्यक्षमा एक-एक जना र उप-सचिवमा २ जना निर्वाचित हुनेछन । सचिव तर्फ पर्शुराम यादव भने यस अघिनै निर्विरोध भैसकेका छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो