नेपालीभाषी पहिलो भूटानी गायक प्रताप सुब्बाको अष्ट्रेलियामा सम्मान साँझ

अमेरिका, कार्तिक २९
भूटानी समुदाय, साउथ अष्ट्रेलियाले नेपाली भाषा र संस्कृतिप्रति विशेष योगदान पुर्याउँदै आउनु भएका पहिलो भूटानी गायकका रुपमा परिचित प्रताप सुब्बाको सम्मानमा एक विशेष सांगीतिक साँझ सम्पन्न भएको छ ।

 

साउथ अष्ट्रेलियाको एलिजाबेथस्थित प्लेफोर्ड सिविक सेन्टरमा सम्पन्न ‘प्रताप सुब्बा सम्मान साँझ २०२४’ नाम दिइएको कार्यक्रममा २८ भन्दा बढी नेपालीभाषी समुदायको संयुक्त सहभागिता रहेको थियो ।  सुब्बालाई खदा, ढाकाटोपी र दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर उहाँको ओजिलो योगदानको सम्मान गरियो । उहाँलाई ८६ वर्षीय ज्येष्ठ नागरिक मनमाया निरौलाले दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा सुब्बाका समकालीन साथीहरू, गाउँले, शिविरका सहकर्मीहरू साथै साना नानीबाबुहरूसमेत उपस्थित भएर कला क्षेत्रको अगाध सम्मान व्यक्त गरेका थिए । कार्यक्रमको सुरुमा पञ्चकन्याहरूले पुष्पगुच्छा हस्तान्तरण गर्दै गायक सुब्बालाई ब्रास ब्यान्डसहित स्टेजसम्म स्वागत गरेका थिए ।

 

 

विशिष्ट अतिथिका रूपमा जोगेन गजमेर, गौरी निरौला, रतन गजमेर, आरके घले, भानु अधिकारी, केबी नेपाल, एनबी दाहाल, इन्दिरा दुलाल, टीबी राई लगायत साउथ अष्ट्रेलियाका नेपालीभाषी दर्शक र शुभचिन्तकहरूको उल्लेखीय उपस्थिति थियो ।

 

 

प्रकाश धमलाले सञ्चालन गरेको कार्यक्रममा साना नानीबाबुहरूले पियानोमा अष्ट्रेलियाको राष्ट्रियगान प्रस्तुत गरेका थिए भने स्वागत प्रस्तुति जोन रजिन सिंह (बाँसुरी), यूनिश बस्नेत (तबला), मौसम राई (गितार), डेबिड रामदाम (ड्रम) र लक्ष्मण गुरूङ (कीबोर्ड) द्वारा इन्स्ट्रुमेन्टल प्रस्तुति दिइएको थियो ।

 

 

गायनतर्फ सुभास ढुंगाना, भागवत न्यौपाने र विशाल छेत्रीबाट गीत प्रस्तुत भयो भनें नृत्यतर्फ सोनिया लिम्बू प्रतिक्षा सुब्बा, शुस्मिता सुनारका साथै द स्कूल अफ भूटानी नेपाली भाषा र संस्कृतिका भूमिका दाहाल, रितिसा दाहाल, नविना दाहाल र पार्वती अधिकारीले आकर्षक नृत्य प्रस्तुत गर्दा कार्यक्रम थप रमाइलो बनेको थियो ।

 

 

एसए डिसेबिलिटी केयरको मुख्य प्रायोजनमा अन्य १० भन्दा धेरै संस्थाहरूको सहयोगमा आयोजित कार्यक्रमको संयोजन लक्ष्मण गुरूङ र गिरिस भारतीले गर्नुभएको थियो । द्वीप दर्पणले सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो भनें फोटोग्राफी सहयात्राका रुपमा क्रिस स्टुडियोको सहभागिता थियो ।

 

 

३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा एसोसियसन् अफ भूटनिज इन अष्ट्रेलिया सिड्नीको विशेष सहयोगमा अमेरिकाबाट गायक सुब्बा अष्ट्रेलिया जानु भएको थियो । मोरङको पथरी शनिश्चरे शिविरबाट तेस्रो मुलुक पुनर्वास अन्तर्गत उहाँ त्यहाँ बसोबास गर्दै आउनु भएको छ । ‘बन्धनको चिनो’ गीत र सोही नामको एल्बम उहाँको सर्वाधित चर्चित कृति हो ।

 

प्रभावकारी सांगीतिक र साँस्कृतिक प्रस्तुति रहेको सो सम्मान साँझले नेपाली भाषा र संस्कृतिप्रतिको योगदानको कदर अनि यसको संरक्षण, सम्वद्र्धन गर्दै भूटानी समुदायको एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको अनुभूत भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका