जेएनको ‘प्रहेलिका’को अंग्रेजी अनुवाद ‘हर इनोसन्स डिस्कभर्ड’

अमेरिका, कार्तिक ३०
जे.एन. दाहालद्वारा लिखित चर्चित नेपाली उपन्यास ‘प्रहेलिका’ अब अंग्रेजीमा ‘हर इनोसन्स डिस्कभर्ड’ नाममा प्रकाशित भएको छ ।

 

सो उपन्यासले साहित्य परिषद् भूटानद्वारा क्यानाडामा आयोजित सम्मेलनमा हिमटीका पुरस्कार आख्यान पुरस्कार जितेको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बलराम अधिकारीले यस पुस्तकलाई कुशलतापूर्वक अंग्रेजीमा अनुवाद गर्नुभएको हो ।

 

उपन्यासले अनुष्का नामकी एक महिलाको कथा प्रस्तुत गर्छ, जसले आफ्नो विवाहको सुरुवाती समयमा पतिसँग भावनात्मक र शारीरिक सम्बन्धमा जोडिन संघर्ष गर्छिन् । आत्म-अन्वेषणको यस यात्रामा उहाँले आफ्नो अलैङ्गिकतालाई स्वीकार गर्दै त्यसले उनको पहिचानमा पार्ने प्रभावलाई बुझ्न थाल्छिन् । अनुष्काको कथासँगै मिसेस शर्माको संघर्षले लैंगिक विभेद र मानसिक जटिलताहरूको झलक दिन्छ, जसले पहिचान, सम्बन्ध र व्यक्तिगत विकासको जटिलतालाई अझै जीवन्त बनाउँछ ।

 

अनुवादक डा. अधिकारीले मौलिकपाठको सांस्कृतिक र भावनात्मक गहिराईलाई बचाएर अंग्रेजी भाषी पाठकहरूलाई नेपाली पृष्ठभूमिको विशिष्टता झल्काउने प्रयास गर्नुभएको छ ।

 

हर इनोसन्स डिस्कभर्ड अहिले अनलाइ मार्फत ईबुक, पेपरब्याक र हार्डकभर फर्म्याटहरूमा एमेजन, बुकटोपिया, बोकस र बार्न्स एन्डनोबलजस्ता प्रमुख प्लेटफर्महरूमा उपलब्ध छ । सो पुस्तकको प्रकाशकमा ड्र्यागन हर्स रहेको छ ।

 

जे.एन. दाहाल एक प्रतिष्ठित लेखकका रुपमा दरिदैे जानु भएको छ । जसले कथा, निबन्ध, र यात्रा संस्मरणहरू प्रकाशित गर्नुभएको छ । उहाँको कथा संग्रह ‘लेखककी छोरी’ले सन् २०२२ मा अनेसास उत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका