जेएनको ‘प्रहेलिका’को अंग्रेजी अनुवाद ‘हर इनोसन्स डिस्कभर्ड’

अमेरिका, कार्तिक ३०
जे.एन. दाहालद्वारा लिखित चर्चित नेपाली उपन्यास ‘प्रहेलिका’ अब अंग्रेजीमा ‘हर इनोसन्स डिस्कभर्ड’ नाममा प्रकाशित भएको छ ।

 

सो उपन्यासले साहित्य परिषद् भूटानद्वारा क्यानाडामा आयोजित सम्मेलनमा हिमटीका पुरस्कार आख्यान पुरस्कार जितेको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बलराम अधिकारीले यस पुस्तकलाई कुशलतापूर्वक अंग्रेजीमा अनुवाद गर्नुभएको हो ।

 

उपन्यासले अनुष्का नामकी एक महिलाको कथा प्रस्तुत गर्छ, जसले आफ्नो विवाहको सुरुवाती समयमा पतिसँग भावनात्मक र शारीरिक सम्बन्धमा जोडिन संघर्ष गर्छिन् । आत्म-अन्वेषणको यस यात्रामा उहाँले आफ्नो अलैङ्गिकतालाई स्वीकार गर्दै त्यसले उनको पहिचानमा पार्ने प्रभावलाई बुझ्न थाल्छिन् । अनुष्काको कथासँगै मिसेस शर्माको संघर्षले लैंगिक विभेद र मानसिक जटिलताहरूको झलक दिन्छ, जसले पहिचान, सम्बन्ध र व्यक्तिगत विकासको जटिलतालाई अझै जीवन्त बनाउँछ ।

 

अनुवादक डा. अधिकारीले मौलिकपाठको सांस्कृतिक र भावनात्मक गहिराईलाई बचाएर अंग्रेजी भाषी पाठकहरूलाई नेपाली पृष्ठभूमिको विशिष्टता झल्काउने प्रयास गर्नुभएको छ ।

 

हर इनोसन्स डिस्कभर्ड अहिले अनलाइ मार्फत ईबुक, पेपरब्याक र हार्डकभर फर्म्याटहरूमा एमेजन, बुकटोपिया, बोकस र बार्न्स एन्डनोबलजस्ता प्रमुख प्लेटफर्महरूमा उपलब्ध छ । सो पुस्तकको प्रकाशकमा ड्र्यागन हर्स रहेको छ ।

 

जे.एन. दाहाल एक प्रतिष्ठित लेखकका रुपमा दरिदैे जानु भएको छ । जसले कथा, निबन्ध, र यात्रा संस्मरणहरू प्रकाशित गर्नुभएको छ । उहाँको कथा संग्रह ‘लेखककी छोरी’ले सन् २०२२ मा अनेसास उत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा